शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चरित्र हत्या गरेको भन्दै एभिन्यूज व्यवस्थापनविरुद्ध महासंघमा उजुरी

सोमबार, २८ माघ २०७५, १७ : १४
सोमबार, २८ माघ २०७५

काठमाडौं– आफूहरुको चरित्र हत्या गरेको भन्दै एभिन्यूज टेलिभिजनका तीन जना पत्रकारले नेपाल पत्रकार महासंघमा उजुरी दिएका छन् । 

टेलिभिनबाट राजीनामा नै नदिई सरसामान बरबुझारथ गर्न व्यवस्थापनले एक्कासि पत्रिकामा सूचना प्रकाशन गरेर चरित्र हत्या गरेको भन्दै पत्रकारत्रय बालकृष्ण शर्मा, पुण्यप्रसाद धमला र दीपक अर्यालले महासंघमा उजुरी दिएका हुन् । 

पीडित पत्रकारको उजुरीपछि महासंघका सचिव रामप्रसाद दाहालले सोमबार एक विज्ञप्ति जारी गर्दै पत्रकारले राजीनामा नै नगरी सरसामान बरबुझारथ गर्नु भनी सूचना प्रकाशिन गरेबाट श्रमजीवी पत्रकारहरुको मानप्रतिष्ठामा आघात पुगेको जनाएका छन् । 
महासंघले  सो सूचनाप्रति क्षमा याचना गरी श्रमजीवी पत्रकारहरुको स्वाभिमानको सम्मान गर्न टेलिभिजन व्यवस्थापनसँग माग गरेको छ ।  
अन्यथा महासंघले श्रमजीवीको पक्षमा कदम चाल्न बाध्य चेतावनी दिएको छ।  

यस्ताे थियाे सूचना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप