शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल इन्फ्राष्ट्रक्चर बैंकलाई वित्तीय कारोबार गर्ने इजाजत

सोमबार, २८ माघ २०७५, १७ : २३
सोमबार, २८ माघ २०७५

काठमाडौं– नेपाल इन्फ्राष्ट्रक्चर बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकबाट राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको रुपमा वित्तीय कारोबार गर्ने इजाजत प्राप्त गरेको छ ।

राष्ट्रियस्तरको पूर्वाधार विकास बैंकको रुपमा बैंकले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीवि नेपालबाट वित्तीय कारोबार गर्ने इजाजत प्राप्त गरेको हो । 

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १०७ बमोजिम नेपाल सरकार सहित केही प्रतिष्ठित वाणिज्य बैंकहरु, बीमा कम्पनीहरु, लघुवित्त, नीजि कम्पनीहरु तथा व्यक्तिगत व्यवसायीहरुको संयुक्त लगानी र प्रयासबाट २५ जेठ २०७५मा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको थियो । 

४० अर्ब अधिकृत पूँजी, २० अर्ब जारी पूँजी र १२ अर्व चुक्ता पूँजी रहेको यस बैंकले सार्वजनीक तथा निजी साझेदारी मार्फत नेपालको पूर्वाधार (यातायात, कृषि, उर्जा, पर्यटन, एसईजेड, आधुनीक शहरी पूर्वाधार, सूचना प्रविधी लगायत) विकासमा अग्रणी भूमिका निर्वाह गर्ने लक्ष्य लिएको छ ।

नेपाल सरकारको १० प्रतिशत तथा निजी क्षेत्रको ९० प्रतिशत लगानी रहेको यस बैंकको मुख्य कार्यक्षेत्र अन्र्तगत राष्ट्रिय, प्रादेशिक तथा स्थानीय स्तरका पूर्वाधार विकासका परियोजनाहरुमा लगानी गर्ने, पूर्वाधार विकास सम्बन्धी परियोजना संचालन गर्ने कम्पनीहरुको धितोपत्रमा लगानी गर्ने तथा परियोजना निर्माणका लागि आन्तरीक र वाह्य स्रोत जुटाउने रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप