शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘लक्ष्मी हातमा देवदर्शन शिवमको साथमा’ नामक योजनाको तेस्रो चरणको लक्की–ड्र सम्पन्न

सोमबार, २८ माघ २०७५, १८ : ३४
सोमबार, २८ माघ २०७५

काठमाडौं । ‘लक्ष्मी हातमा देव दर्शन शिवम्को साथमा’ उपभोक्ता योजना अन्तर्गत पुनः तेस्रो चरणको ६० भाग्यशाली कुपन विजेतामार्फत १२० जना विजेताहरुको नाम लक्की–ड्र गरी सार्वजनिक गरिएको छ । 

यसअघि नै पहिलो र दोस्रो चरणको लक्की–ड्र गरी २४० जना छनौटमा परिसकेका थिए । यस योजना अन्तर्गत भाग्यशाली विजेताहरुले काठमाडौं–गोसाईकुड–काठमाडौं हेलिकप्टरमार्फत देवदर्शन गर्ने अवसर प्राप्त गर्नेछन् ।

तेस्रो चरणको लक्की–ड्र अन्तर्गत शिवम् सिमेन्ट्सले पत्रकारहरुको सहभागितामा आफ्नो आधिकारीक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरी जनकपुरबाट उक्त विजेताहरुको नाम सार्वजनिक गरेको हो । 

यसअघि नै काठमाडौं र हेटौंडामा भएको लक्की–ड्र मा २४० जना भाग्यशाली विजेताहरु छनौट गरिनुका साथै अधिकांश विजेताहरुले हेलिकप्टरमार्फत गोसाइकुण्ड देवदर्शन यात्रा गरिसकेका छन् ।  

यस योजनामा हालसम्म १८० कुपनमार्फत ३६० जना छनौट भईसकेका छन् भने अझैं १२२ जनाका लागि हेलिकप्टरबाट गोसाईकुण्ड देवदर्शन यात्रा जित्ने मौका बाँकी रहेको कम्पनीले जनाएको छ ।

शिवम् सिमेन्टले यहि पुस ५ गतेदेखि ‘लक्ष्मी हातमा देव दर्शन शिवम्को साथमा’ नामक उपभोक्ता योजना सार्वजनिक गरेको थियो । जस अन्तर्गत प्रत्येक १० बोराको खरिदमा स्क्रयाच कुपन प्राप्त गरि हात खाली नहुने उपहार रु.१०० देखि १००० सम्म नगद र २.५० ग्राम देखि १० ग्राम सम्मको सुन राखेको थियो ।

कम्पनीका अनुसार सोहि कुपनको अर्धकट्टीमा नाम, नम्बर र ठेगाना लेखि काठमाडौं–गोसाईकुण्ड–काठमाडौं हेलिकप्टर यात्राको लागि लक्की–ड्र मा भाग लिन सकिने व्यवस्था मिलाइएको छ । 

यस योजना अन्र्तगत क्गचभ क्जयत पुरस्कारमा करोडौंको नगद उपहार तथा सयौं तोला सुनका जित्ने मौका बाँकी रहेको कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप