लोकतन्त्र भनेको पाँच वर्षमा भोट हाल्ने मात्र होइन : डा. बाबुराम भट्टराई
धादिङ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले लोकतन्त्र भनेको ‘पाँच वर्षमा भोट हाल्ने कार्य मात्रै होइन’ भनेका छन् । जनसंवाद यात्रा अन्तर्गत सोमबार धादिङको सल्यानटारमा आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै संयोजक भट्टराईले यस्तो बताएका हुन् ।
‘लोकतन्त्र भनेको जिन्दावाद मुर्वावाद भन्ने वा पाँच वर्षमा भोट हाल्ने मात्रै होइन,’ उनले भने, ‘लोकतन्त्र भनेको सबै जनतालाई अधिकार सम्पन्न बनाउने, रोजगारी दिने, समृद्धि ल्याउने र समृद्धिलाई समान ढंगले वितरण गर्ने हो प्रणाली हो ।’
‘हालको राजनीतिक परिवर्तनलाई संस्थागत गरेर तलसम्म पुर्या्उने र यसलाई अझ अघि बढाउने हो भने राजनीतिक परिवर्तनलाई आर्थिक परिवर्तनले साथ दिनुपर्छ । यसो हुन सकेन भने भने लोकतन्त्र दिगो हुँदैन,’ संयोजक भट्टराईले भने ।
राजनीतिक परिवर्तनको जगमा टेकेर आर्थिक सामाजिक परिवर्तनलाई अघि बढाउनु पर्ने डा. भट्टराईको भनाइ थियो । ‘लोकतन्त्र र राजनीतिक परिवर्तनको जगमा टेकेर आर्थिक सामाजिक परिवर्तनको चक्रलाई हामीले फेरि अघि बढाउनुपर्छ र हाम्रै जीवनकालमा देशलाई समृद्ध बनाउनुपर्छ,’ उनले भने ।
त्यस्तै देशमा आर्थिक परिवर्तन ल्याउन नयाँ खालको क्रान्ति आवश्यक रहेको संयोजक भट्टराईले बताए । ‘अब हामीलाई चाहिएको हतियारको क्रान्ति वा हिंसाको क्रान्ति होइन,’ उनले भने, ‘विचारको क्रान्ति, व्यवस्थाको क्रान्ति, प्रविधिको क्रान्ति हो ।’
संयोजक भट्टराईले असल र इमान्दार मान्छे मिलेर फेरि एउटा अभियान सुरु गर्न नयाँ शक्तिले जनसंवाद थालनी गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपेश पुन र नवीन अछामी कारागार चलान
-
दीपेश पुन छुटाउन ऋण खोज्दै साथी, भन्छन्– ४ लाख धरौटी जुटाउन सकेनौँ, कसैले ऋण पत्याए हुन्थ्यो
-
सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु
-
आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु
-
‘फास्ट ट्रयाक’का २ वटा सुरुङमार्ग २ महिनाभित्र ‘ब्रेक थ्रु’ हुने
-
इलाममा करेन्ट लागेर एक जनाको मृत्यु