बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आन्दोलन सफल बनाउन राप्रपाका सबै तह सक्रिय हुन कमल थापाको निर्देशन

सोमबार, २८ माघ २०७५, १९ : २३
सोमबार, २८ माघ २०७५

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्र पुनस्र्थापना लगायतका माग राखेर आगामी फागुन ७ गतेदेखि सुरु गर्ने जनसंघर्षका कार्यक्रमलाई भव्य बनाउन व्यापक तयारी सुरु गरेको छ । 

यस अन्तर्गत फागुन ७ गते ७४ जिल्लामा प्रमुख जिल्ला अभिकारीमार्फत, प्रदेशहरुमा मुख्यमन्त्रीमार्फत र काठमाडौं उपत्यकामा तीनवटै जिल्लाका नेता, कार्यकर्ताहरु नयाँ वानेश्वरको एभरेष्ट होटल अगाडि जम्मा भएर नारा जुलुससहित माइतिघर मण्डलामा पुगेर कोणसभा गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय भएको छ ।

पार्टी अध्यक्ष कमल थापाको उपस्थितीमा प्रदेश नंं ३ का अध्यक्ष विक्रमबहादुर थापाको अध्यक्षतामा आज सम्पन्न वागमती अञ्चलका केन्द्रीय पदाधिकारी तथा सदस्यहरु, प्रदेशका पदाधिकारी तथा सदस्यहरु, जिल्ला अध्यक्षहरु, भातृ संगठनका पदाधिकारी तथा सदस्यहरु सम्मिलित बैठकमा अध्यक्ष थापाले आन्दोलन सफल बनाउन राप्रपाका सवै तहका नेता, कार्यकर्ता सक्रिय हुन निर्देशन दिएका छन् । 

जनसंघर्षको सुरुवातको दिन फागुन ७ गते हिन्दु राष्ट्र पुनस्र्थापना, राजसंस्थाको पुनस्र्थापना, संघीय संरचनाको खारेजी, लगायतका माग राखी देशभरी व्यापक जनसहभागिताका बिच प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै माग मुरा गर्न फागुन मसान्तसम्मको अल्टिमेटम दिने पार्टीले यस अघिनै कार्यक्रम तय गरिसकोको छ । 

जनसंघर्षको निरन्तरता स्वरुप फागुन १५ मा ताप्लेजुङबाट सुरु भई कञ्चनपुर हुँदै ३० गते काठमाडौंमा समापन हुने ‘मेची–महाकाली स्वाभिमान यात्रा’को समापन समारोहमा पाँच हजार कलश यात्रा सहित शक्ति प्रदर्शन गर्ने तयारी राप्रपाले गरेको छ । सोही समापन समारोहबाटै दोस्रो चरणका संघर्षका कार्यक्रमहरु सार्वजनिक हुने राप्रपाले जनाएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप