शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

क्यास्पियन कपमा क्यारावियन कलेज विजयी

सोमबार, २८ माघ २०७५, १९ : २४
सोमबार, २८ माघ २०७५

काठमाडौं– प्रथम क्यास्पियन कप इन्टर कलेज टी–२० क्रिकेट प्रतियोगिताको दोस्रो दिन क्यारावियन कलेज विजयी भएको छ । मुलपानी क्रिकेट मैदानमा सोमबार भएको खेलमा क्यारावियनले जनप्रशासन क्याम्पसलाई सात विकेटले हरायो ।

पहिले ब्याटिङ गरेको जनप्रशासनले १४.१ ओभरमा सवै विकेटको क्षतिमा ९३ रन बनाएको थियो । ९४ रनको विजय लक्ष्य पछ्याएको क्यारावियन कलेजले ८.१ ओभरमा तीन विकेटको क्षतिमा ९७ रन बनाएको थियो ।

प्रतियोगिातका विभिन्न १६ टोलीले भाग लिएका छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । आठ दिनसम्म सञ्चान हुने प्रतियोगितालाई सिजी ग्रुपको वाईवाईले मुख्य प्रायोजन तथा यामाहा कम्पनीले सहप्रायोजन गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप