शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बी डिभिजन लिग : श्रीकुमारी क्लब २–१ गोलले पराजित

सोमबार, २८ माघ २०७५, १९ : २७
सोमबार, २८ माघ २०७५

काठमाडौं । बी डिभिजन लिगमा सातदोबाटो युथ क्लब र मध्यपुर युथ एशोसिएशन विजयी भएका छन् । एन्फा मैदानमा आज भएको खेलमा सातदोबाटोले श्रीकुमारी क्लबलाई २–१ गेल अन्तरले पराजित गरेको हो । 

यस्तै मध्यपुर युथ एशोसिएशनले खुमलटारमाथि ३–२ गोलको रोमाञ्चक जित निकालेको छ । खुमलटारका लागि अभय राणाले २ गोल गरेपनि त्यो हार टार्न पर्याप्त भएन । मध्यपुरका लागि सुवर्न विक्रम कार्की कल्याण लामिछाने र विबेश गुरुङले एक एक गोल गरेका थिए । 

८ औं मिनेटमा सवर्न बिक्रम कार्कीले गोल गर्दै शुरुआती अग्रता दिलाएका थिए । ४० औं मिनेटमा खुमलटारका लागि अभय राणाले बरारबरी गोल गरे । पहिलो हाफको अतिरिक्त समयमा कैलाश लामिछानेले गोल गर्दै मध्यपुरलाई पहिलो हाफमा २–१ को अवस्थामा पु¥याएका थिए । 

६६ औं मिनेटमा विवेश गुरुङले गोल थपेपछि मध्यपुरले ३–१ को अग्रता कायम गर्न सफल भएको थियो । ७० औं मिनेटमा खुमलटारका लागि अभय राणाले व्यक्तिगत तथा टिमका लागि दोस्रो गोल गरेका थिए । 

दोस्रो हाफको अतिरिक्त समयमा खुमलटारले पेनाल्टी पाए पनि राजेन्द्र देउलाले गोल गर्न चुक्दा मध्यपुर ३–२ गोल अन्तरले विजयी हुन सफल भयो । यस्तै आज भएको पहिलो खेलमा सातदोवाटोले २१ औं मिनेटमा दीपेश गुरुङको गोल र ५३ औं मिनेटमा रञ्जन पुनले गरेको गोलबाट जीत निकाल्न सफल भयो । 

श्रीकुमारीका लागि सुविज्ञ रेग्मीले दोस्रो हाफको अतिरिक्त समयमा सान्त्वना गोल गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप