शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘समर लभ’ को व्यापारमा बर्षात भिलेन

सोमबार, २८ माघ २०७५, १९ : ३९
सोमबार, २८ माघ २०७५

काठमाडौं– शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘समर लभ’ले लगातार दुई दिन बर्षातको सामना गर्नुपर्यो । यद्यपि फिल्मको पर्खाइमा रहेका दर्शक भने हलमा देखिएको निर्माण युनिटले जनाएको छ ।  शुक्रबारको तुलनामा शनिबार र आइतबार हलमा दर्शक बढी देखिए । बर्षातका कारण शुक्रबार र शनिबारको बिहानी शो प्रभावित भएको निर्देशक मुस्कान ढकालले जानकारी दिए ।

शनिबारको दिनको शो भने राजधानीको गोपीकृष्ण, अष्टनारायण र  मल्टिप्लेक्सतर्फ सिभिल मल, लाबिङ मल लगायतका शोजहरुमा पनि दर्शकको चाप राम्रो देखिएको थियो । कलाकारसहितको फिल्म टिम दर्शक प्रतिक्रिया बुझ्न राजधानीको विभिन्न हलमा समेत पुगेको थियो । दर्शकले फिल्मको बारेमा राम्रो प्रतिक्रिया दिएको निर्देशक ढकाललको भनाई रहेको छ । 

सुविन भट्टराईको उपन्यासमा ‘समार लभ’ आधारित फिल्ममा आशिष पिया, रेवती क्षेत्री, सुरजसिंह ठकुरी, नम्रता सापकोटा, सरोज खनाल, ओमप्रतिक, कविता रेग्मी, शिशिर भण्डारी लगायत मुख्य भूमिकामा छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप