बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अभिनेता कार्कीले कसे सिर्जना डिसीसँग लगनगाँठो

सोमबार, २८ माघ २०७५, २० : ०५
सोमबार, २८ माघ २०७५

काठमाडौं । अभिनेता सुशन कार्कीले विवाह गरेका छन् । अभिनेता कार्कीले आइतबार नेपालगञ्जकी सिर्जना डिसीसँग लगनगाँठो कसेका हुन् । दुई वर्षदेखिको प्रेमलाई उनीहरुले विवाहमा परिणत गरेका हुन् । 

उनीहरुको विवाह काँडाघारीस्थित क्लासिक पार्टी प्यालेसमा सम्पन्न भएको थियो । विवाहमा उनीहरुको नजिकका आफन्तहरु मात्र सहभागि थिए । 

कार्कीको ‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’, ‘तीन घुम्ती’, ‘चि मुसी चि’ लगायत आधा दर्जन चलचित्रमा प्रदर्शनमा आइसकेको छ । यस्तै चलचित्र ‘रुमलै छ चिनो’ यही आउँदो फागुन १० गतदेखि प्रदर्शनमा आउँदैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप