चितवनमा गैँडा गणना गर्न दाता खोज्दै विभाग
चितवन । एकसिङ्गे गैँडा गणना गर्न सरकारी बजेट नभएपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले दाताको खोजी गरिरहेको छ । विभागले मार्च÷अप्रिलमा गैँडा गणनाको तयारी गरेको छ । तर बजेट नभएपछि दाताको खोजी गर्नुपरेको हो ।
विभागका महानिर्देशक मनबहादुर खड्काका अनुसार गैँडा गणनाका लागि करीब रु एक करोड खर्च हुन्छ । त्यसका लागि यसअघि पनि सहयोग गरिरहेका दातृ निकायसँग सहयोगका लागि प्रस्ताव गरिएको उनले बताए । मार्च÷अप्रिलमा गैँडा गणनाको तयारी गरिएको भए पनि बजेटको निक्र्यौल भइनसकेकाले मिति तय गर्न नसकिएको खड्काले बताए ।
उनले भने, ‘हामीसँग पैसा छैन, दाता खोजिरहेका छौँ । दाताको टुङ्गोसँगै गणनाको मिति तय हुन्छ ।’ यसअघि सन् २०१५ मा गैँडा गणना गरिएको थियो । गत वर्षको वर्षात्मा बाढीले धेरै गैँडा बगाएको र कालगतिका कारण धेरै गैँडा मरेकाले यो वर्षको गणनालाई महत्वका साथ हेरिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले गैँडा गणना गर्न २५ दिन लाग्ने बताए । उनले चितवनको गणनाका लागि मात्रै रु एक करोड बजेट आवश्यक पर्ने भन्दै विभागमा माग गरिएको बताए ।
निकुञ्जमा गैँडा गणनाका क्रममा १७० जना जनशक्ति र ३५ हात्ती परिचालन गरिनेछ । ढकालका अनुसार रु ५१ लाख हाराहारी खानामा मात्रै खर्च हुने गर्दछ । यसका अतिरिक्त विभिन्न उपकरण, सवारीसाधन, हात्तीको खुराक, भत्तालगायतमा खर्च हुने गर्दछ ।
प्रत्यक्ष गणना गर्नुपर्ने भएकाले गैँडा गणनाका क्रममा निकुञ्जको पूरै भागको अवस्थासमेत थाहा हुनुपर्दछ । पछिल्लो गणनाअनुसार नेपालमा ६४५ गैँडा रहेका छन् जसमध्ये ६०५ चितवन राष्ट्रिय निकुञ्जमा मात्रै रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा