शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पाँच डीएसपी काज सरुवा : कार्की रौतहटमा, घिमिरे दरबारमार्गमा

सोमबार, २८ माघ २०७५, २० : ५०
सोमबार, २८ माघ २०७५

काठमाडौं ।  प्रहरी प्रधान कार्यालय, नक्सालले पाँचजना प्रहरी नायब उपरीक्षक (डीएसपी) को काज सरुवा गरेको छ ।

कार्यालयका अनुसार जिल्ला प्रहरी कार्यालय, रौतहटमा डीएसपी नविन कार्कीलाई पठाइएको छ । कार्की यसअघि कास्की जिल्लास्थित वडा प्रहरी कार्यालय बैदामका प्रमुख थिए ।  

यसैगरी महानगरीय प्रहरी वृत दरबारमार्गमा डिएसपी विनोद घिमिरेलाई पठाइएको छ । दरबारमार्गका प्रमुख दानबहादुर मल्ल एसपीमा बढुवा भएपछि पाल्पामा कार्यरत डिएसपी घिमिरेलाई दरबारमार्ग पठाइएको हो । 

त्यस्तै म्याग्दी जिल्लामा महेन्द्र प्रसाद मरासिनी, वडा प्रहरी कार्यालय बैदाममा कोमल बिक्रम  शाह र दार्चुला जिल्लामा भेषराज रिजालको काज सरुवा भएको प्रहरी प्रवक्ता (एसएसपी) उत्तमराज सुवेदीले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप