शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आजको राशिफल

मङ्गलबार, २९ माघ २०७५, ०६ : १०
मङ्गलबार, २९ माघ २०७५

काठमाडाैं - वि.सं. २०७५ साल माघ २९ गते । मंगलबार । ईश्वी सन् २०१९ फेब्रुवरी १२ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० । माघ शुक्ल पक्ष । तिथि सप्तमी,१० घडी ४६ पला,बिहान ११ बजेर ०४ मिनेट उप्रान्त अष्टमी । नक्षत्र भरुणी,२७ घडी ४९ पला,बेलुकी ०५ बजेर ५४ मिनेट उप्रान्त कृतिका । योग शुक्ल,०२ घडि ५२ पला,बिहान ०७ बजेर ५५ मिनेट उप्रान्त  ब्रह्म । करण वणिज,बिहान ११ बजेर ०४ मिनेट उप्रान्त भद्रा,बेलुकी १० बजेर ५५ मिनेट उप्रान्त वव । आनन्दादिमा मुसल योग । चन्द्रराशि मेष,बेलुकी ११ बजेर ५७ मिनेट उप्रान्त बृष । अचला सप्तमी। रथ सप्तमी। माघ मसान्त। देवघाटलगायत तीर्थहरूमा मकरस्नान समाप्ति। लगला चुयके। मन्वादि। 

काठमाडौंमा सूर्योदय ०६ बजेर ४६ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५१ मिनेट । दिनमान २७ घडी ४४ पला । 

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समयको सहि सदुपयोग गरि प्रशस्त लाभ लिने समय रहेकोछ । व्यापार व्यावसायमा लगानि गरि मनग्गे लाभ लिन सकिने तथा आम्दानि बढाउँन सकिनेछ । बोलैरै मनग्गे भन आर्जन गर्न सकिने तथा सापटि स्वरुप दिएको धन सम्पति फिर्ता आउँनेछ । आफन्त तथा घर परिवारका साथ कहि कतै गई स्वादिष्ट भोजन ग्रहण गर्ने बाताबरण बन्नेछ । पढाई लेखाईमा प्रगति गरि नाम कमाउँन सकिनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समयको सहि सदुपयोग गरि विदेशि लगानिहरु ल्याई रोजगारका अवसरहरु बढाउन सकिनेछ । कर्म प्राप्तिको लागि लामो दुरिको विदेश यात्रा हुने सम्भावनालाई नकार्न सकिदैन । व्यावसायबाट भनेजस्तो आम्दानि नहुने हुदा थप काम गर्न जागर हराएर जानेछ । घरमा आफन्त विचनै मनमुटाव बढ्ने योग रहेकोछ भने माया प्रेममा धोका हुन सक्छ सचेत रहनुहोला ।  

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आफन्त जन तथा दाजुभाईबाट भनेजस्तो सहयोग पाईने हुदा मन प्रशन्न रहनेछ । माया प्रेममा सामिप्यता बडेर जानेछ भने परिवार तथा सन्तानको प्रगतिमा मन प्रशन्न हुनेछ । व्यापार व्यावसायबाट मनग्गे आम्दानि गर्न सकिनेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको गतिलो सम्भावना रहेकोछ । बिद्यामा प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउँन सकिनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फन मनग्गे धन आर्जन गर्न सकिनेछ ।     

कर्कट (ही, हू ,हे, हो, डा, डी, डु, डे, डो) आउँने अवसरलाई सहि रुपमा सदुपयोग गर्न सक्दा चाहेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । नोकरिमा बढोत्तरि हुने योग रहेकोछ भने राजनिति गर्नेहरुले राज्यबाट विशेष पद प्राप्त गर्न सक्नेछन् । व्यापार व्यावसायमा लगानि गरि मनग्गे नाँफा कमाउन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा लगानि गर्नेहरु सफल रुपमा स्थापित हुनेछन् । गीत संगितमा मन जानेछ भने माया प्रेममा नजिक हुने समय रहेकोछ ।

सिहं (मा, मी, मू ,मे,मो, टा, टी, टू ,टे) सरकारि तथा प्रशासनिक क्षेत्रमा तपाईको बलियो पकड रहने हुनालेकामहरु सजिलै सम्पादन हुँनेछन् । राज्यबाट पाउँने सेवा सुबिधा पाईनेछ भने मान सम्मानमा बृद्धि भएर जानेछ । धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गरि प्रसाद तथा टिका ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्र बलियो रहने हुँदा मन प्रशन्न रहनेछ ।
 
कन्या (टो,पा,पी,पू ,ष,ण,ठ,पे,पो) ऋण,रोग तथा संकटको सामना गर्नुपर्नेछ भने यहि बेलामा आयस्रोतका बाटाहरु साघुरा हुनेछन् । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेकोछ । खानपानमा बिशेष ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्छ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछैन । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । आफन्त तथा दिदि बहिनी सँग साना साना कुरामा मनमुटाव बढ्नेछ । यात्रा गर्दा सावधानि अपनाउनु होला आजको दिन मध्ययम रहेकोछ । 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुसि भएको महशुस गर्नेछन् । रमाईलो यात्राको तय हुँने तथा व्यापारबाट मनग्गे नाँफा कमाउँन सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगि बढ्न सकिनेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको गतिलो सम्भावना रहकोछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) अघिपछि तपाईका कुरा काट्नेहरु तपाईको प्रशंसा गर्दै जानेछन् । बिद्या तथा प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई हराउँदै निर्यायक तहमा पुगिनेछ । न्यायिक निर्णयहरु तपाईको पक्षमा आउँने हुनालेमन प्रसन्न हुनेछ । पुराना स्वास्थ्य सम्बन्धि समस्या भए समाधान भएर जानेछ । ऋण तथा संकटबाट छुटकारा पाउँने समय रहेकोछ । व्यापार व्यावसायमा सुधार भई प्रशस्त आम्दानि हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ । पढाई लेखाईमा सुधार भएर जानेछ भने नतिजा आफैतिर ल्याउँन सकिनेछ । परिवार तथा सन्तान बाट तपाईले गरेको काममा सहयोग हुनेछ । व्यापार व्यावसायमा लगानि बडाउँदा राम्रो कमाई हुनेछ । माया प्रेममा बिश्वासको बाताबरण बढेर जानेछ  भने भौतिक धन सम्पति लाभ हुँने समय रहेकोछ ।
 
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) घर जग्गा तथा सवारि साधनको खरिदबिक्रि गर्दा ध्यान दिनुहोला घाटा लाग्न सक्छ । बिद्यामा सन्तोष जनक प्रगति भएर जानेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । कृषि तथा पशुपालन व्यावसाय भने फस्टायर जानेछ । आमा तथा आमासरहका मानिस सँग मनमुटाब बढ्नेछ । बिस्वास गरेकाहरु बाट धोका हुन सक्छ सजक रहनुहोला । बाहिरि बातावरण सँग जुध्न नसक्दा छाति सम्बन्धि समस्या आउन सक्छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बिवादित बिषयहरुको निर्णय तपाईकै पक्षमा आउँने हुनाले मन प्रशन्न हुनेछ । व्यापार तथा उद्योगमा लगानि गरि रोजगारका अवसर सिर्जना गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा छोटो दुरिको यात्राको तय गर्न सकिनेछ । दाजुभाई तथा छिमेकिसँग गरिने कुनै पनि पेशा व्यावसाय फस्टाएर जानेछ । पढाईमा मन जानेछ तथा लेखन कलाको बिकाश हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) समाजमा बोलिको प्रभाव बढ्ने हुनाले बोलेरै थेरै कामहरु गर्न सकिनेछ । व्यापारमा बढोत्तरिको योग रहेकोछ भने नयाँ व्यावसाय सुरु गर्न सकिनेछ । कुटुम्बसँगको सम्बन्धमा सुधार हुनेछ भने आफन्तको सहयोगले कामहरु समयमा नै सकाउँन सकिनेछ । पारिवारिक जमघटमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा रमाउँन चाहनेहरुलाई समयले साथ दिनेछ भने जीवन साथिसँग थप आत्मियता बढ्नेछ ।

तपाईको दिन शुभ रहोस् 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप