शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

वर्षा र संजोग  ‘अफिसियल्ली इन्गेज्ड’

मङ्गलबार, २९ माघ २०७५, १० : १७
मङ्गलबार, २९ माघ २०७५

‘भ्यालेन्टाइन डे’ अर्थात २ फागुन विवाहको मिति जुराएका प्रेम जोडी अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाले इन्गेज्मेन्ट गरेका छन् ।

सोमबार राजधानीको एक पार्टी प्यालेसमा यो जोडीले इन्गेज्मेन्ट गरेका हुन् । इन्गेज्मेन्टमा वर्षा र संजोगका परिवारका केही सदश्य मात्र सहभागी थिए ।

इन्गेज्मेन्टको जानकारी दुबैले सामाजिक सञ्जाल मार्फत तस्बिर शेयर गर्दै गराएका हुन् । लामो समयदेखि प्रेममा रहेका जोडी अहिले विवाह तयारीमा छन् ।

विवाह मिति ‘भ्यालेन्टाइन डे’ भएपनि स्थान भने अहिले सार्वजनिक गरिएको छैन । 

वर्षा पछिल्लो समयकी चलेकी अभिनेत्री हुन् । 

उनका लगातार चलचित्र आइरहेका छन्, भने संजोगले पनि केही चलचित्र अभिनय गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप