भ्यालेन्टाइन डेमा डेटिङका लागि आफैंलाई बेचिरहेका छन् यी युवा, त्यो पनि १ हजार रुपैयाँमा
मिरर डट को डट युके
भ्यालेन्टाइन्स डे विशेषतः जोडीहरुले व्यग्रताका साथ प्रतिक्षा गरिरहेका हुन्छन् । तर यदि तपाईं यो वर्ष पनि ‘सिंगल’ हुनुहुन्छ र पार्टनरको खोजीमा हुनुहुन्छ भने यो खबर तपाईंको लागि हुनसक्छ ।
न्यूजिल्याण्डका पिटर विल्डिङले भ्यालेन्टाइन्स डेको मौकामा आफूलाई बेच्ने घोषणा गरेका छन् । यसका लागि पिटरले विशेष प्याकेजको पनि व्यवस्था गरेका छन् ।
उनले फेसबुक पेज ताउपो नोटिसबोर्डमा डेट प्याकेजबारे विज्ञापन दिएका छन् । त्यहाँ उनले आठवटा डेट प्याकेजको विकल्प दिएका छन् । साथै, खर्च गर्नसक्नेका लागि थप दुई प्याकेज उपलब्ध छन् ।
उनले लेखेका छन्, ‘भ्यालेन्टाइन्स डे १० दिन टाढा छ, त्यसकारण अब बुकिङको बेला आएको छ ।’
‘मलाई भ्यालेन्टाइन्स डेको लागि भाडामा लिनुहोस् (मसँग विभिन्न अफर छन् । मूल्य कुराकानीमार्फत मिलाउन सकिने) ।’
मूल्य ७.८१ पाउन्ड अर्थात् लगभग हजार रुपैयाँबाट सुरु हुन्छ । यति पैसामा तपाईं ती व्यक्तिसँग साथीको रुपमा बिहान एक घण्टा सँगै डुल्न सक्नुहुन्छ ।
मूल्य दोब्बर तिर्दा तपाईं बिहानको समयमा दुई घण्टा ती व्यक्तिसँग डुल्न पाउनु हुन्छ । यसमा तपाईंले चकलेट पाउनुहुनेछ र ती व्यक्तिले तपाईंको हात पनि समाउनेछन् ।
साथै तपाईंले यदि बढि मूल्य तिर्नुहुन्छ भने थप सुविधा पाउनुहुन्छ जस्तैः स्पा पार्कमा स्विमिङ, एक टुक्रा पाई र ड्रिंक, म्याकडोनल्डको खाना र तपाईंहरु दुईजनाको फोटो ।
पिटरले तपाईंको परिवारसँग बसेर डिनर पनि खानसक्छन् तर यसका लागि तपाईंले बढी पैसा तिनुपर्छ । पैसा बढि तिरे उनी तपाईंका साना भाइबहिनीसँग पनि खेलिदिन्छन् । उनी दुई हप्तासम्म तपाईंको प्रेमीको रुपमा रहन सक्छन्, त्यो पनि फेसबुकमा ।
यदि तपाईंलाई उनीबाट केही बढी नै अपेक्षा छ भने उनीसँग १५ घण्टाको ओभरनाइट कम्बो प्याकेज एक सय पचार डलरमा खरिद गर्न सक्नुहुन्छ ।
यद्यपी, उनले महिलाको उमेरको आधारमा कसैलाई रिजेक्ट पनि गर्नसक्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बोक्सीको घर’लाई बोर्डको युनिभर्सल सर्टिफिकेट
-
पूर्व प्रधानमन्त्री खनाल र किरात धर्मगुरु आत्मानन्दबिच भेटवार्ता
-
ह्वाट्सएपसँग प्रतिस्पर्धा गर्न गुगलले ल्यायो नयाँ अपडेट
-
चर्चामा अडियोमा आधारित नयाँ सामाजिक सञ्जाल ‘एयरच्याट’
-
आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान
-
मोडल लक्ष्मण भण्डारीले गरे प्रेमिका गीतासँग विवाह