‘यात्रा’ गीत : ‘पञ्च पंक्षी’ मा रोमान्टिक सलिनमान
काठमाडौं – डेब्यु फिल्म ‘ए मेरो हजुर २’ बाटै दर्शकमा राम्रो क्रेज बनाउन सफल अभिनेता सलिनमान बनियाँ अभिनित दोस्रो फिल्म ‘यात्रा’ ले पहिलो गीत सार्वजनिक गरेको छ ।
केही दिन अगाडि सार्वजनिक फिल्मको टिजरले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएपछि निर्माण युनिटले फिल्मको चर्चाका लागि दोस्रो गीत सार्वजनिक गरेको हो ।
‘पञ्च पन्छी’ बोलको सार्वजनिक गीतमा शब्द तथा संगीत प्रतिक पौडेल र स्वर मेलिना राई, धर्मेन्द्र सेवान, प्रेक्षा बज्राचार्य र उपकार पौडेलको रहेको छ । प्रविण सिंहको कोरियोग्राफी रहेको गीतमा सलिनमान मस्ती मुडमा देखिएका छन् । गीतमा काठमाडौंदेखि सोलुखुम्बुसम्मको यात्रालाई देखाइएको छ । सलिनमान हेयर स्टाइल र आकर्षक ड्रेसअपका कारण चर्चित छन् ।
फिल्ममा सलिनमानको अलवा जान्वी बस्नेत, प्रेक्षा बज्राचार्य, रेअर राई, विशाल कटुवाल, धिरेन शाक्य, राजाराम पौडेल, समृद्धि राई, योगेशजंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोललगायतको अभिनय छ । विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहेको फिल्ममा बालकलाकारको रुपमा अंकित संग्रौला र एन्जल राई रहेका छन् ।
२९ चैतबाट प्रदर्शनमा आउने ‘यात्रा’ मा सलिनमानले एक भ्लगरको भूमिका निर्बाह गरेका छन् । जर्नी लभस्टोरी भनिएको फिल्मलाई केशव भट्टराई र सुशील पोखरेलले संयुक्त रुपमा निर्माण गरेका हुन् । यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् ।
बिक्रम पराजुली, मुक्ति तिमल्सिना र रामशरण घिमिरे सहनिर्माता रहेको फिल्म सम्राट सापकोटाले निर्देशन गरेका हुन् । फिल्ममा शम्भुजित बाँस्कोटा, प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै