शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ग्लोबल आइएमई बैंकका ग्राहकलाई युर्निभर्सल कलेज अफ मेडिकल साइन्स एण्ड टिचिङ अस्पतालमा विशेष छुट

मङ्गलबार, २९ माघ २०७५, १५ : ३४
मङ्गलबार, २९ माघ २०७५

काठमाडौं–ग्लोबल आइएमई बैंक र युनिभर्सल कलेज अफ मेडिकल साइन्स एण्ड टिचिङ अस्पताल भैरहवाबीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

बैंकले ५ नम्बर प्रदेशका ग्राहकलाई गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले अस्पतालसँग दुईपक्षीय सम्झौता गरेको हो । उक्त सम्भौतापत्रमा युर्निभर्सल कलेज अफ मेडिकल साइन्स एण्ड टिचिङ अस्पतालका वरिष्ठ प्रशासकिय अधिकृत अजय कुमार पि. एस. र ग्लोबल आइएमई बैंकका भैरहवा शाखाका प्रमुख दिलिप डांगीले हस्ताक्षर गरेका छन् । 

ग्लोबल आईएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदानगर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता खालका योजनाहरु ल्याईरहेको छ ।

उक्त सम्झौता पश्चात युनिभर्सल कलेज अफ मेडिकल साइन्स एण्ड टिचिङ अस्पतालमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आईएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा २० प्रतिशत सम्म छुट पाउने छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप