शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

'केवल मलाई आक्रमण गर्न खोजियो'

पर्यटन मन्त्री रवीन्द्र अधिकारी
मङ्गलबार, २९ माघ २०७५, १६ : ५५
मङ्गलबार, २९ माघ २०७५

अघिल्लो वर्ष संसदको विकास समितिमा मन्त्री र सरोकारवाला कर्मचारीलाई बोलाएर -याख-याख्ती पार्ने रवीन्द्र अधिकारी अहिले आफै मन्त्री छन् । विकास समितिको सभापति भएको बेला कार्यपालिकाको काम कारवाही सुक्ष्म रुपमा निगरानी गरेका अधिकारी झन्डै एक वर्षदेखि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको जिम्मेवारीमा छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको मन्त्री मण्डलमा मन्त्री अधिकारीले गरेका केही निर्णय सर्वाधिक आलोचित बन्न पुग्यो । विगतमा भष्ट्राचार विरोधी र विकास प्रेमी छवि बनाएका नेता अधिकारी पछिल्लो समय उनी ‘वाइडवडी विमान खरिद घोटला प्रकरण’को विवादमा तानिए । यद्यपी त्यसबारे छानविन चलिरहेको छ । 

मन्त्री अधिकारी भने आफुले यो एक वर्षमा उत्कृष्ट काम गरेको दावी गर्छन् । उत्कृष्ठ काम गरिरहँदा पनि आफूलाई ‘ह्यारेस’ पार्न विभिन्न स्वार्थ समूहले 'प्रपोगान्डा' रचेको ठान्छन् उनी । मन्त्री अधिकारीको दावी अनुसार उनले गरेका उत्कृष्ट काम के के हुन् त ? किन पछिल्लो समय उनी सबैभन्दा धेरै विवादमा तानिए ?

प्रस्तुत छ, मन्त्रालयले एक बर्षमा गरेको कामकारवाही, वाइडबडी खरिद घोटाला प्रकरण, तारागाँउ रिजेन्सी होटलको शेयर विवाद, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया लगायतका विषयमा रातोपाटीका लागि बबिता शर्माले गरेको यो कुराकानी:

तपाईंले मन्त्रीको जिम्मेवारी सम्हालेको पनि एक वर्ष पुग्न लाग्यो । यो अवधिमा आफ्नै कामलाई फर्केर हेर्दा कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

हो, सरकार गठनको एक वर्ष पुगेको छ । र, यो एक वर्षमा आफुले अघि सारेको वा गर्ने भनेका कामहरु प्राय: पुरा भएका छन् । मेरो मन्त्रालयको हकमा, हामीले सुरुमा १ सय दिनको कार्यक्रम बनायौँ । त्यसपछि ६ महिना, एक बर्ष र पाँच बर्षको कार्यक्रम बनायौँ । यस हिसाबबाट करिव ८०।९० प्रतिशत काम सम्पन्न गरेका छौं। कतिपय योजनामा समावेश नभएका काम पनि गरेका छौँ । त्यसकारण एकवर्षको अवधिमा हाम्रो मन्त्रालयबाट भएका काममा म सन्तुष्ट छु ।

आफ्नो कामको आफैले मूल्याङ्कन गरेर नम्बर दिनुप-यो भने कति नम्बर दिनुहुन्छ ?

म सयमा ८५/९० नम्बर दिन्छु । मन्त्री भएर होईन, आफ्नो विवेकले नम्बर दिंदा त्यो दिन्छु ।

त्यसोभए, यो एक बर्षको अवधिमा के–के काम गर्नुभयो भनिदिनुस् न ?

मेरो मन्त्रालयमा तीनवटा क्षेत्र समेटिएको छ । संस्कृति, पर्यटन र नागरिक उड्यन ।

नागरिक उड्यन तर्फ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हामीले २१ घण्टा सञ्चालन गर्ने भनेका थियौं, २२ घण्टा सञ्चालनमा आयो । त्यसअनुसार एक वर्षमा ७२ लाख प्यासेन्जर पुगेका छन् । एयर ट्राफिक म्यानेज्मेन्ट लगायतका अन्य काम पनि भएका छन् । रात्रीसेवा सुरु ग-यौं। विदेशी र नेपाली यात्रुहरुमा भएको विभेदलाई समाप्त पा-यौं।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ६२ प्रतिशत काम सम्पन्न ग-यौं। सेप्टेम्बरमा त्यसलाई सञ्चालनमा ल्याउने भनेका छौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकार्य सात महिना अघिनै सम्पन्न हुने गरी काम गरिरहेका छौँ ।

देशका ठुला विमानस्थल भद्रपुर, विराटनगर, नेपालगञ्ज, भैरहवा, धनगढी, जनकपुरको स्तरोन्नति गरेर धेरैजसो रात्रि सेवामा ल्याईसकेका छौँ । अन्यत्र पनि रनवे बढाउने लगायतका काम भएका छन् । यतिमात्र काम हेर्दा पनि हामीले बनाएको योजनाभन्दा धेरै राम्रो काम गरेका छौँ । ३१ ठाउँमा हवाई सेवा सञ्चालन गर्न सफल भएका छौँ। २६ वर्षदेखि बन्द राजविराज विमानस्थल होस् कि सुर्खेत, दाङ, भोजपुरलगायतका विमानस्थल सञ्चालनमा ल्यायौं ।मुलुकका सबै विमानस्थल संचालनमा ल्याउन सक्ने स्थिति छैन । तर, पहिला ९।१० एरपोर्ट संचालनमा आएका थिए भने अहिले ३१ विमानस्थल संचालनमा ल्यायौँ । यसो हेर्दा केही काम भएको छैन भन्ने लाग्छ तर धेरै भएको छ । हो, हामीले जति गर्नुपर्ने त्यो गर्न सकिरहेका छैनौँ । त्यसका लागि हामीलाई जहाजको समस्या छ । अरु स्रोतसाधनको पनि समस्या छ । तर, अहिले जे श्रोत साधन छ त्यसका आधारमा राम्रो गरेका छौँ ।

यो पनि

सरकारको एक वर्ष :  यस्ता छन् अर्थतन्त्रका सात सूचक, कहाँ चुके अर्थमन्त्री ? 

संस्कृति अन्तर्गत, राजधानीमा विश्व सम्पदा सुचिमा सुचिकृत भएका सम्पदाहरु धेरै भएको देश नेपाल हो । भूकम्प पछाडि काम रोकिएका थिए । ती सबै सम्पदाहरुलाई सञ्चालनमा ल्यायौँ । त्यो बसन्तपुर दरवार स्क्वाएर होस् कि भक्तपुरको चागुनारायण वा पाटनको कृष्ण मन्दिर वा पशुपति, स्वयम्भु, बौद्धनाथ सबै सञ्चालनमा ल्यायौँ । अरु पुन: निर्माणको काम पनि तीब्र ढंगले अगाडि बढायौँ । जसले गर्दा ट्राभल वेबसाइट कम्पनी लोन्ली प्लानेटले २०१९ मा घुम्नैपर्ने संसारका दश ठाउँमध्ये नेपाल र काठमाडौँ उपत्यका पाँचौ नम्बरमा राख्यो । प्रज्ञाभवनको पुन:निर्माण, धरहरा निर्माणको सुरुवात भयो । रानीपोखरी अल्झिरहेको थियो, त्यो पुन:निर्माण प्राधिकरणलाई जिम्मा दियौँ । अब रानीपोखरीको काम अगाडि बढ्छ ।

पर्यटनको नयाँ ऐन अगाडि बढेको छ । टुरिज्म एकेडेमी युनिभर्सिटी ऐन अहिले क्याविनेटमा छ । केही समयमा संसदमा जानेगरी तयारी गरेका छौँ । र, समग्रमा भन्दा हाम्रो मन्त्रालयले आफ्ना कामहरु प्रभावकारी बनाउन समय समयमा समीक्षा गर्ने, विज्ञहरुबाट सुझावहरु लिने साथै विगतका कामहरुको पनि समीक्षा गर्ने गरेका छौँ । यहिअनुसार पाँचवर्षे रणनीतिक योजना बनायौँ, त्यसले पनि हामीलाई ठीक ढंगले 'ड्राइभ' गरेको छ ।

पर्यटन अन्तर्गत, पर्यटक संख्या अत्याधिक वृद्धि भएको छ । कतिपय मान्छेहरु समयको कारण पर्यटक वृद्धि भयो पनि भन्ने गर्छन् । तर, सबै मौसम नेपालमा ठीक छ, एकपटक अनुभव गर्नै पर्ने ठाउँ नेपाल हो जस्ता अवधारणा अगाडि सारेर प्रचार प्रसार ग-यौ ।  काठमाडौँ,  पोखरा,  लुम्बिनी, जनकपुर तथा चितवन, रारा र बर्दिया राष्ट्रिय निकुन्जहरुमा विविधीकरण ग-यौं । जसले गर्दा पर्यटक अत्याधिक मात्रामा बढे ।

सन् २०२० मा २० लाख पर्यटक भित्र्याउनेभन्दा मान्छेहरु खिस्सी गरेर हाँस्थे । अहिलेकै दरमा बढ्दा सन् २०१९ मा १५ लाख पर्यटक पुग्छ । सन् २०२० मा भैरहवा एरपोर्ट संचालनमा आइसकेको हुन्छ, त्यसले डेढ दुई लाख पर्यटक आकर्षित गर्छ । तर, हामी त्योभन्दा अगाडि जानुपर्छ ।

नेपाल वायु सेवा निगमलाई प्रभावकारी बनाउने गरी काम अगाडि बढायौँ । जसले विदेशी प्यासेन्जरमा नेपाल एरलायन्स नम्बर वान भएको छ । यो बीचमा केही कमिकमजोरीमाथि प्रश्नहरु उठेका छन् । गलत देखिए त्यसको आफ्नै प्रक्रियाबाट छिनोफानो हुनेछन् । तर, विदेशी पर्यटकले पनि कतार लगायतका अन्य एरलायन्सभन्दा नेपाल एरलायन्स रोज्ने वातावरण तयार भएको छ ।

भ्रमण वर्ष २०२०अभियान देश भित्र र बाहिर प्रभावकारी ढंगले संचालन गरेका छौँ। पर्यटनका सय गन्तव्यहरुको निर्माण प्रभावकारी ढंगले अगाडि बढेको छ । छोटोसमयमा सय गन्तव्यपपुलर भएको छ । प्रदेश लगायत अन्य निकायहरुसँगको समन्वयमा अन्य गन्तब्य पहिल्याउने काम अगाडि बढेको छ ।

त्यस्तै, पर्यटनको नयाँ ऐन अगाडि बढेको छ । टुरिज्म एकेडेमी युनिभर्सिटी ऐन अहिले क्याविनेटमा छ । केही समयमा संसदमा जानेगरी तयारी गरेका छौँ । र, समग्रमा भन्दा हाम्रो मन्त्रालयले आफ्ना कामहरु प्रभावकारी बनाउन समय समयमा समीक्षा गर्ने, विज्ञहरुबाट सुझावहरु लिने साथै विगतका कामहरुको पनि समीक्षा गर्ने गरेका छौँ । यहिअनुसार पाँचवर्षे रणनीतिक योजना बनायौँ, त्यसले पनि हामीलाई ठीक ढंगले 'ड्राइभ' गरेको छ ।

गत असारको अन्तिम साता तपाईले प्रधानमन्त्रीलाई जुन कार्ययोजनाहरु बुझाउनुभयो तर त्यसअनुसार काम अगाडि बढ्न त सकेन नि, किन ?

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यमा हामी अलि गाडि जान्छौँ  कि भन्ने लागेको थियो । तर, हामी अर्को बाटो हिँड्नु प-यो । किनभने त्यहाँ धेरै अवरोधहरु आए । ती अवरोधहरु ठीक थिएनन् । तर, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल भोली जि टू जिमा गएर भएपनि अथवा सबै कुराको सुनिश्चितता गर्ने गरी अगाडि बढाउने तयारी गरेका छौँ ।

अर्को, काठमाडौँ नजिक काभ्रेमा आन्तरिक विमानस्थल बनाउने भन्ने हो । त्यसमा संसदको समिति लगायतबाट अनेक कुराहरुका कारण केही ढिला भएको छ । तैपनि त्यो रोकिएको छैन, प्रक्रियामै छ । यीबाहेक हामीले जति 'टार्गेट' गरेका थियौं, त्योभन्दा धेरै नै गरेका छौँ।

यो पनि

चुनौती र सम्भावनाको चाङबीच खडा ओली सरकार 

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण जिम्मा कतारलाई दिने भन्ने कुरा पनि आएको छ । के प्रक्रिया अगाढि बढेको हो ?

अहिले जि टु जिका लागि विभिन्न देशहरुसँग हाम्रो छलफल चलिरहेको छ । यसमा धेरै देश इच्छुक छन् । हामी त्यसको घनिभुत गृहकार्यमा छौँ। त्यसको छिटै परिणाम आउँछ । यसमा हामी सुस्ताएर बसेका छैनौँ । तर, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल हाम्रो हवहो । हाम्रो गौरव पनि हो । त्यो विमानस्थल हामीले निर्माण गर्नैपर्छ । त्यसका लागि सबै कामहरु गरेका छौँ। विमानस्थल त्यहाँ बनाउनका लागि उपयुक्त ठाउँ हो भनेर २० वर्ष अघिदेखि भनिएको हो । त्यसकारण त्यसलाई सार्ने भन्ने कुरा उपयुक्त हुँदैन । वातावरणलाई कम भन्दा कम क्षति पुग्नेगरी त्यहाँ विमानस्थल बनाउँछौँ हामी । त्यसका लागि सघाउन म सबैसँग आग्रह पनि गर्न चाहन्छु ।

तर, विमानस्थल बनाउँ रुख कटान गर्ने विषयमा वन मन्त्रालयसँग अझै कुरा मिलेको छैन, वातावरणको क्षेत्रमा काम गर्नेहरुले पनि बिरोध गरिरहेका छन् । यो समस्यालाई कसरी सुल्झाउनुहुन्छ ?

अन्तरमन्त्रालय विवाद छैन । तर, जुन ढंगले विमानस्थल निर्माणका सन्दर्भमा अफ्ठ्याराहरु देखापरे त्यसलाई कसरी समाधान गर्ने भन्ने छलफलमा छौँ हामी । योबीचमा जति पनि टिका टिप्पणीहरु भएका छन्, ती विमानस्थल बन्न नदिने कोणबाट भएका छन्, जुन दुर्भाग्यपूर्ण हो।

ठ्याक्क भनिदिनुस् न, अब कहिलेबाट निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अगाडि बढ्छ ?

 कुन बाटोबाट जाने भन्नेमा हामी गृहकार्य गरिरहेका छौँ । भोली दुई मुलुकले संयुक्त रुपमा काम गर्ने मोडलबाट पनि जान सक्छौँ । जि टु जिभनिरहे पनि त्यो बुटमोडल नै हो । हामीसँग त्यसको सबै लगानी गर्न सक्ने क्षमता अहिले छैन । हामीले वैदेशिक लगानी नै भित्राउनु पर्दछ । हामीले मात्रै बनाउँछौँ भन्न  थाल्यौँ भने बर्षौ लाग्छ । त्यसकारण ढिला नहुने गरि काम गर्छौं ।

अन्तर्राष्ट्रिय जगतमा नेपालको छबि नबिग्रियोस् भन्नेबारे भयङ्कर संवेदनशिल भएर नै २००४ सालदेखि भएको 'फेक रेस्क्यु' धन्दा हामीले पुर्णरुपमा रोक्यौँ । अहिले ९९ प्रतिशत ‘अन्डर कन्ट्रोल’मा छ ।

विभिन्न अध्ययन समितिका प्रतिवेदन लगायत अन्य कागजातहरु कतारलाई बुझाउनु भएको भन्ने कुरा बाहिर आएको आएको छ नि ?

अध्ययन प्रतिवेदनले मात्रै त हुँदैन नि । विभिन्न देशहरुसँग छलफल चलिरहेको छ । एउटा विश्वासिलो, भरपर्दो देशसँग जि टु जिगरेर भोली बुटमोडेलमा बनाउँ दिन्छौँ ।

अर्को प्रशंग, तारागाउँ रिजेन्सी होटलको शेयर विवादबारे कस्तो प्रक्रिया अगाडि बढेको छ ?

तारागाउँ रिजेन्सी होटलबारे अहिले हामी छानबिन गरिरहेका छौँ । सरकारको शेयर कति हो भन्ने अहिले गरेको निर्णय होईन । पहिलाको निर्णय हो । आवश्यक प-यो भने एउटा छानबिन समिति बनाउँछौँ हामी । संसदका समितिहरुले पनि हेरिरहेको छ । नेपालको सम्पत्ति, नेपाल राष्ट्रलाई हानी नोक्सान हुने विगतमा जति पनि निर्णयहरु भएका छन्, तिनलाई सच्चाईन्छ । र, त्यतिबेला गलत गर्नेहरु दण्डित हुन्छन् ।

सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने तयारी भइरहेको छ तर अझै पनि पर्यटन व्यवसायमा ‘फेक रेस्क्यु’का शृखला रोकिएका छैनन् । यस्ता गैरकानुनी काम जारी रहँदा २० लाख पर्यटक भित्र्याउने राष्ट्रिय लक्ष्यमा असर पर्ला । अन्तर्राष्ट्रिय जगतमा नेपालको छबि बिगार्ने 'फेक रेस्क्यु' धन्दा रोक्नेबारे के सोच्नु भएको छ ?

अन्तर्राष्ट्रिय जगतमा नेपालको छबि नबिग्रियोस् भन्नेबारे भयङ्कर संवेदनशिल भएर नै २००४ सालदेखि भएको 'फेक रेस्क्यु' धन्दा हामीले पुर्णरुपमा रोक्यौँ । अहिले ९९ प्रतिशत अन्डर कन्ट्रोलमा छ । पर्यटन व्यवसायमा रहेका ठगी धन्दा रोक्न खोज्दा ममाथि भयकंर प्रहार भयो । तर, आज रोकिएको छ । त्यतिबेला जजसले गलत धन्दा गरे, तिनीहरुलाई कारवाही गर्ने पहिलो रिपोर्ट अनुसन्धानमा गएको छ । गहिरो अनुसन्धानपछि गल्ती गर्नेहरु कारवाहीमा पर्छन् । नेपालको टुरिजम इन्ड्रस्टीको इमेजराम्रो बनेर जानेछ । तर, ‘टुरिजम इन्ड्रस्टीमा राम्रो काम गरेका कोही पनि डराउनु पर्ने छैन । अब नेपाल त्यस हिसावबाट पूर्ण सुरक्षित छ । पूर्ण सुशासन कायम भएको छ ।  हामीले गरेको सफलतामध्ये ठुलो सफलता यो पनि हो ।

सबै राम्रा काम गरे मात्रै भन्नुहुन्छ तर मन्त्रीहरुमध्ये तपाईं सबैभन्दा धेरै विवादमा तानिनु भयो । तपाईंको भनाई र गराईमा कहाँ के मिलेन ?

काम नगरिकन बसेको भए विवादमा परिदैँनथ्यो होला, एउटा । अर्को, हाम्रोमा काम गर्नेलाई रोक्ने, छेक्ने पद्धती छ । सक्रियतापुर्वक नियम कानुनमा रहेर काम गर्दा कतिपय स्वार्थ समुहको स्वार्थ पूरा भएको हुँदैन । उनीहरु बारम्बार मन्त्रालय र ममाथि हमला गरिरहन्छन् । त्यो भनेको मैले र मेरो मन्त्रालयले गरेका कामहरु रोक्न छेक्नका लागि हो । कतिपय राजनीतिक कुरा पनि कुरा छ । अरुलाई के लाग्छ भने यहाँ त धेरै राम्रो कामहरु भए ।  म मेहनतपुर्वक काम गर्छु । मैले गरेका कामलाई हैन भन्ने बनाउन चाहनेको नकारात्मक सोचाईले पनि काम गरेको छ ।

जहाज खरिदका प्रक्रियामा कमजोरी छ । त्यसमा अनुसन्धान भैरहेको छ । दोषीलाई कारवाहि हुन्छ । म फेरि पनि भन्न चाहन्छु, त्यसमा मेरो संलग्नता हैन । आफ्नै प्रक्रियाले दुई किस्ता रकम गएको छ । त्यो जाने प्रक्रिया गलत हो भनेर कसैले कतै भन्छ भने त्यसको जवाफदेहिता म लिन्छु । अब कामनै नगरि बस्ने हो भने त केही पनि हुँदैन । सबै प्रक्रिया पुरा भएर, अर्डर भैसकेको जहाज नेपालमा अवतरण गराउनु मेरो गल्ती हो भने, त्यो मेरो गल्ती हो ।

सक्रियतापुर्वक जति काम भए र त्यसबाट जुन परिणाम निस्केका छन्, त्यसले मलाई विवादमा तान्न खोजेका हुन् । जस्तो वाइडबडी खरिद प्रकरण, त्यसमा के म संलग्न छु त ? त्यो पहिलाकै प्रक्रिया होईन र ? सबै कुरा पहिला नै सकिएको छ । म आईसकेपछि जहाज आएको छ । आफ्नो प्रक्रियाबाट पैसा गएको छ । र पनि, मलाई विवादमा तान्ने र सकेसम्म काम अगाडि बढाउन नदिने खेल भए । जो आफ्नो स्वार्थ पुरा गरेर रमाईरहेका थिए, उनीहरुको स्वार्थ पूरा नहुने देखेर मेरो पछि हात धोएर लागेका हुन् । मलाई यसमा चिन्ता छैन । हाम्रो देशमा काम गर्नेलाई धेरै अवरोधहरु आउँछन् । ती अवरोध छिचल्दै अगाडि बढ्नु पर्छ । मैले विवादास्पद काम गरेको होईन । मलाई विवादमा तानेर अल्झाउन खोजेका मात्र हुन् ।

रवीन्द्र अधिकारीको यस अघिसम्मको स्वच्छ छवि ‘वाइडवडी प्रकरण’ले एकाएक धमिलाइ दियो भनेर टिका–टिप्पणी पनि भैरहेको छ नि ? खास के कमजोरी हो खरिद प्रक्रियामा ?

यसबारेमा वास्तविकता बुझ्नु आवश्यक छ । मलाई लाग्छ, सबैले धेरै कुरा बुझिसक्नु भएको छ । खाली मलाई जोड्न मात्र खोजिएको हो । २०७१।०७२।०७३ र ०७४ मा नै निर्णय भएका छन् । बैना गएको छ । पहिलो किस्ता गएको छ । जहाज बनाउने अर्डर गएको छ । समयमा भुक्तानी गरेर लिएन भने ४० लाख पेनाल्टी तिर्नुपर्ने, सबै व्यवस्था छन् नि त । यति भैसकेपछि जहाज स्वाभाविक प्रक्रियाले आयो । त्यसमा मलाई जोड्नु कुनै कारण छैन ।

जहाज खरिदका प्रक्रियामा कमजोरी छ । त्यसमा अनुसन्धान भैरहेको छ । दोषीलाई कारवाहि हुन्छ । म फेरि पनि भन्न चाहन्छु, त्यसमा मेरो संलग्नता हैन । आफ्नै प्रक्रियाले दुई किस्ता रकम गएको छ । त्यो जाने प्रक्रिया गलत हो भनेर कसैले कतै भन्छ भने त्यसको जवाफदेहिता म लिन्छु । अब कामनै नगरि बस्ने हो भने त केही पनि हुँदैन । सबै प्रक्रिया पुरा भएर, अर्डर भैसकेको जहाज नेपालमा अवतरण गराउनु मेरो गल्ती हो भने, त्यो मेरो गल्ती हो । जहाज आएको छ । कमजोरी भएका छन् भने खोजेर कारवाही गर्नुपर्छ ।

वाइडबडी  प्रकरणमा सरकारले छुट्टै बनाएको न्यायिक छानबिन समितिको काम कहाँ पुग्यो ?

त्यसले आफ्नो प्रक्रिया अगाडि बढाएको छ । अख्तियारले पनि छानबिन गरिरहेको छ । छन् नि निकायहरु । खाली आक्रमण गर्न खोजिएको हो, त्यसको केही अर्थ छैन ।

यो प्रकरणमा तपाईंले नैतिक जिम्मेवारी लिनुपर्ने सार्वजनिक लेखा समितिको ठहर छ । तपाईं नैतिक जिम्मेवारी लिन तयार हुनुहुन्छ ?

म नैतिक जिम्मेवारीबाट भाग्ने कि मैले सामना गर्ने ? मैले सामना गर्ने हो । म भागेर समाधान त हुँदैन । मैले पत्रकार सम्मेलन गरेर पनि भने । म आइसकेपछि भएका प्रत्येक कामको पूर्ण जवाफदेहिता र जिम्मेवारी लिन्छु ।  केही माफिया लगायतका अन्य केही मान्छेहरु मिलेर पाँच, छ महिनाभन्दा बढि मन्त्री टिक्न नदिने मन्त्रालय हो यो । यस्तै तरिकाबाट रवीन्द्र अधिकारीलाई हटाउन पाए फेरि पुरानै 'राज' सुरु गर्नपाईन्छ भन्नेहरु पनि छन् होला । मैले यति ठुलो जिम्मेवारीबाट भाग्नु भनेको राम्रो कुरा होईन । त्यसहिसाबबाट मेरा प्रत्येक कामहरुप्रति पूर्णरुपमा जिम्मेवार छु ।

तपाईंले अझै स्पष्ट जवाफ दिनुभएन । मन्त्री भएपछि तपाईंको छविमा दाग लाग्यो भन्ने टीका टिप्पणी भैरहेका छन् नि ?

अन्यौलताको अवस्थामा जहाज आएको छ । पहिला नै सबै प्रक्रिया भैसकेका छन् । मैले रोक्न मिल्दैनथ्यो । मैले रोक्दा १० अर्ब डुव्थ्यो । त्यसबाहेक प्रत्येक दिन क्षतिपुर्ति तिर्नुपर्दथ्यो । यो कुरा राम्ररी बुझ्नु प-यो, खाली दाग लाग्यो भनेर भएन । राम्रो काम गरिरहँदा मलाइ ह्यारेसबनाउनका लागि मात्रै गरिएका 'प्रपोगान्डा' हुन् । मैले गरेका काम र मैले गरेका निर्णयहरु जहाँ जुनसुकै बेला पनि पूर्ण जवाफदेहिताका साथ उत्तरदायी भएर नैतिकरुपमा आफ्नो जिम्मेवारी लिएर सामना गर्न तयार छु ।

एकवर्षे कार्यकालमा नै तपाईंमाथि धेरै प्रश्न उठे । आउँदा दिनमा तपाईंका काम कारवाही झन् चुनौतिपूर्ण हुन्छन होला है ?

प्रत्येक दिन चुनौति छ । धेरै अवरोधहरु आउँछन्, यसलाई बचाएर लैजानु पर्नेछ । र, काम गर्नुपर्ने छ । हाम्रो एभिएसन सेक्टरर यो मन्त्रालयलाई धेरै अगाडि लैजानु पर्नेछ । किन २५।३० वर्ष अगाडि हुनुपर्ने कामहरु भएनन् ? हामीले सोच्नु पर्दैन ? हामीलाई कस्ले रोकेको छ ? कस्ले छेकेको छ ? आज साँच्चिकै राम्रोसँग सबैलाई यो मन्त्रालयमा भएको कामहरुको मूल्यांकन गर्न आग्रह गर्छु । भैरहवा विमानस्थल रोक्ने र छेक्ने अझै छ । पोखरा विमानस्थल रोक्ने र छेक्ने अझै छ । नेपाल एरलायन्सलाई राम्रो हु्न नदिन रोक्ने र छेक्ने अझै छ । यी सबै गलत प्रवृतिहरु पराजित गर्दै आगामी दिनमा अगाडि जानु पर्नेछ । त्यसकारण आउने दिन अझ चुनौतिपुर्ण छन् । ती मेरा लागि आफ्ना परीक्षाका दिनहरु पनि हुन् । तर, सबै चुनौतिको सामना गर्दै हामी अगाडि बढ्छौँ, सरकार अगाडि बढ्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बबिता शर्मा
बबिता शर्मा
लेखकबाट थप