शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

शंकरदेव क्याम्पसमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर

मङ्गलबार, २९ माघ २०७५, १७ : ०६
मङ्गलबार, २९ माघ २०७५

काठमाडौं–ग्लोबल आइएमई बैंकले राजधानीमा रहेको शंकरदेव क्याम्पसमा आफ्नो एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।

शंकरदेव क्याम्पसमा अध्ययनरत बिद्यार्थीहरुले क्याम्पसलाई बुझाउनुपर्ने शुल्क संकलनको निमित्त बैंकले क्याम्पस परिसरमा उक्त एक्सटेन्सन काउन्टरको शुरुवात गरेको हो । यससंगै बैंकको एक्सटेन्सन काउन्टर संख्या ८ पुगेको छ । 

ग्लोबल आइएमई बैंकले सरकारी कार्यालयहरुको आर्थिक कारोबार बैंकिङ्ग च्यानलको माध्यमबाट गराउने उद्देश्यका साथ विभिन्न सरकारी कार्यालयहरुमा आफ्नो उपस्थितिलाई प्रभाबकारी बनाउँदै आएको छ ।

अत्याधुनिक बैंकिङ्ग सुबिधा र गुणस्तरिय सेवाको आधारमा ग्लोबल आइएमई बैंक सरकारी राजश्व संकलनका लागि नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेका निजि क्षेत्रका बैंकहरु मध्ये एक बैंक हो ।

बैंकले परराष्ट्र मन्त्रालय राहदानी विभाग, महानगरीय ट्राफिक प्रहरी प्रभाग, कोशी, नारायणी र गण्डकी अञ्चलका यातायात व्यवस्था कार्यालयहरु, अध्यागमन विभाग, उद्योग विभाग, यातायात व्यवस्था कार्यालय–सतुङ्गल, आन्तरिक राजश्व कार्यालयहरु जनकपुर, धरान, तुल्सीपुर, लाहान, कावासोती र मालपोत कार्यालय नारायणगढमा आफ्नो काउन्टर स्थापना गरि सरकारी कार्यालयहरुमा सेवा प्रदान गदै आइरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप