बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

म्यानचेस्टरविरूद्ध पीएसजीको सानदार जित

बुधबार, ०१ फागुन २०७५, ०९ : ०४
बुधबार, ०१ फागुन २०७५

काठमाडाैं - प्रभावशाली खेलाडी विनै मैदानमा उत्रिएको पेरिस सेन्ट जर्मन (पिएसजी) ले युरोपियन च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर युनाइटेडमाथि २–० गोलको सानदार जित हात पारेको छ ।

लिगअन्तर्गत युनाइटेडको घरेलु मैदानमा भएको राउन्ड अफ १६ को पहिलो लेगमा पीएसजीका नेमार, इडिन्सन काभानीलगायत खेलाडी चोटका कारण खेलेका थिएनन् । युनाइटेडलाई उसैको मैदानमा हराउन पीएसजीका प्रेस्नेल किमपेम्बे र केलियन एमबाप्पेले गोल गरे । 

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । पीएसजीले दोस्रो हाफमा दुई गोल गर्दै खेल जित्यो । ५३ औं मिनेटमा किमपेम्बेले पहिलो गोल गरे । ६० औं मिनेटमा एमबाप्पेले अर्को गोल थप्दै पीएसजीको जित सुनिश्चित पारेका थिए ।

खेलको अन्तिम १० मिनेट १० खेलाडीमा समेटिएको युनाइटेडले गोल फर्काउन सकेन । युनाइटेडका पउल पोग्वा ८९ औं मिनेटमा दोहोरो पहेँलो (रातो) कार्ड खाँदै बाहिरिका थिए । पोग्वाले अब दोस्रो लेग गुमाउने छन् । यसैगरी च्याम्पियन्स लिगको अर्को खेलका इटालियन क्लब रोमाले पोर्चुगिज क्लब पोर्तोलाई २–१ गोलले हराएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप