बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

फाइनलमा पुग्न नेपाली टिमले इरानलाई हराउनु पर्ने

बुधबार, ०१ फागुन २०७५, ०९ : १५
बुधबार, ०१ फागुन २०७५

काठमाडौं - भारतको भुवनेश्वरमा जारी हिरो गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाली महिला टोलीले आज (बुधबार) इरानसँग खेल्दैछ । नेपाललाई फाइनलमा पुग्न इरानलाई हराउनु पर्ने बाध्यता छ । 

पहिलो खेलमा म्यानमारसँग ३–० गोलले पराजित भएको नेपालले सोमबार भएको दोस्रो खेलमा आयोजक भारतलाई २–१ गोलले हराउँदै फाइनल पुग्ने सम्भावना बनाएको थियो । यसअघि भइको दुई खेलमा इरान भारतसँग १–० र म्यानमारसँग २–० गोलले पराजित भएको थियो । आजै हुने अर्को खेलमा भारत र म्यानमार भिड्नेछन् ।

लगातार दुई जित निकालेको म्यानमार ६ अंकसहित शीर्ष स्थानमा छ । नेपाल र भारतले तीन तीन अंक बनाएका छन् । राउन्ड रोबिन लिगका आधारमा सञ्चालित प्रतियोगिताका शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । अन्तिम खेलमा नेपालले इरानलाई हराएरमा, म्यानमारेले भारतलाई हराए वा बराबरीमा रोकेमा नेपाल फाइनलमा पुग्नेछ । 

नेपालको बिराटनगरमा फागुन २८ देखि ८ गतेसम्म आयोजना हुने पाँचौं महिला साफ च्याम्पियनसिपको तयारीका लागि भारतले हिरो गोल्डकप आयोजना गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप