आलिया र रणवीर सिंहबीचको १३ सेकेन्डको ‘किसिङ सिन’मा सेन्सर
मुम्बई – बलिउड फिल्म ‘गली ब्वाई’ मा रहेको अभिनेत्री आलिया भट्ट र रणवीर सिंहबीचको ‘किसिङ सिन’मा सेन्सर बोर्डले कैची लगाएको छ ।
गीत र ट्रेलर निकै हिटे ट्रेलरमा समेत प्रयोग गरिएको सो सिनले टेलिभिजनलगायतका दर्शकलाई नकारात्मक असर पार्ने र १३ सेकेन्डको ‘किसिङ सिन’ ले युवामा भ्रम पैदा हुने भएकोले केही काटछाट गरिएको सीबीएफसीले जनाएको छ ।
साथै किसीङ सिनको ‘क्लोजअप’लाई हटाएर ‘वाइडर शट’ बनाइएको छ ।
फेब्रुअरी १४ मा रिलिज हुने यो फिल्म एक र्याप गायकको जिन्दगीमा आधारित रहेको छ ।
फिल्मको र्याप गीत अहिले निकै चर्चामा रहेको छ । चर्चित निर्देशक जोया अख्तरले निर्देशन गरेको यस फिल्ममा रनबीर सिंहले र्याप गायकको भूमिकामा रहेका छन् ।
साथै फिल्ममा अन्य कैयौँ सिनमा सेन्सरले कैची चलाएको बताइएको छ । साथै फिल्ममा पार्टनर रुपमा रहेको रोयल स्टेगको नामसमेत हटाउन सेन्सरले निर्देशन दिएको छ ।
फिल्म प्रदर्शन अघि नै जर्मनीको बर्लिन फिल्म फेस्टिभलमा प्रदर्शन गरिएको छ भने फिल्ममा रनबीर आलियाका साथै निर्देशक जोया अख्तरको समेत निकै तारिफ गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपेश पुन र नवीन अछामी कारागार चलान
-
दीपेश पुन छुटाउन ऋण खोज्दै साथी, भन्छन्– ४ लाख धरौटी जुटाउन सकेनौँ, कसैले ऋण पत्याए हुन्थ्यो
-
सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु
-
आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु
-
‘फास्ट ट्रयाक’का २ वटा सुरुङमार्ग २ महिनाभित्र ‘ब्रेक थ्रु’ हुने
-
इलाममा करेन्ट लागेर एक जनाको मृत्यु