शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश नम्बर २ को राजधानीमै डकैती, ३ जना घाइते

बुधबार, ०१ फागुन २०७५, १५ : १०
बुधबार, ०१ फागुन २०७५

प्रदेश नम्बर २ को राजधानी मानिएको जनकपुरधाममा लुटेराको एक समूहले लाखौँको लुटपाट गर्दैै ३ जनालाई घाइते बनाएको छ ।

मंगलबार राति लुटेराको एक समूहले ३ जनालाई घाइते बनाएर करिब १० लाख बराबरको लुटपाट गरेको जिप्रका धनुषाले जनाएको हो ।

जनकपुर उपमहानागरपालिका वडा नम्बर १३ पीडारी बस्ने शोभित राउतको घरमा लुटेराहरुको एक समूहले आक्रमण गरी लुटपाट गरेको थियो ।

रातीको करिब १ बजेको समयमा करिब १० जनाको समूहमा आएका लुटेराहरुले घरका परिवारजन माथि आक्रमण गरी ५ लाख ५७ हजार नगद र ६ लाखभन्दा बढी मूल्यको सुनको गरगहना लुटपाट गरेको पीडित परिवारले जनाएको छ ।

लुटेराहरुले घरेलु हात हतियार प्रहार गरी घरधनी शोभित राउत, उनकी श्रीमती निर्मलादेवी र घर डेरा गरी बस्ने रमिता साह घाइते भएको प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए । घाइतेहरुको उपचार जनकपुरको रामजानकी हस्पिटलमा भइरहेको छ । 

घटनापछि प्रहरीले ३ जना शंकास्पद व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक खनालले बताए ।

घटना भएको स्थल जनकपुरको मुजेलिया वडा प्रहरी कार्यालयभन्दा डेढ किलोमिटर पश्चिममा रहेको छ ।

घटनापछि पनि समयमा प्रहरी नआएको स्थानीयहरुले गुनासो छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप