बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

परिर्वतन शान्तिपूर्ण र सशस्त्र सङ्घर्षको फ्युजनबाट भएको हो : मुख्यमन्त्री गुरुङ

बुधबार, ०१ फागुन २०७५, १५ : ५१
बुधबार, ०१ फागुन २०७५

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा शान्तिपूर्ण जनआन्दोलन र सशस्त्र सङ्घर्षको माध्यमबाट सफलता प्राप्त भएको बताएका छन् । 

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कास्कीले २४ औँ जनयुद्ध दिवसका उपलक्ष्यमा आज पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले राजतन्त्रको अन्त्य गरी लोकतान्त्रिक गणतन्त्र स्थापना र संविधानसभाबाट संविधान निर्माण गर्नमा जनआन्दोलन र जनयुद्धको एकीकृत तथा निर्णायक भूमिका रहेको बताए । 

उनले भने, ‘तत्कालिन एमालेले जनआन्दोलनबाट मात्र परिर्वतन भयो भन्ने, अनि माओवादीले जनयुद्धबाट मात्र भयो भन्नु पुरानो मान्यता हो । नेपालको राजनीतिक परिर्वतन शान्तिपूर्ण र सशस्त्र सङ्घर्षको फ्युजनबाट मात्र भएको हो ।’ 

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्यसमेत रहेका मुख्यमन्त्री गुरुङले राजनीतिक अधिकार प्राप्तिपछि अव स्वाधिन अर्थतन्त्रको विकास गरेर समाजवाद स्थापनामा लाग्नुपर्ने बताउँदै मुलुकका तिनै तहका सरकारको मुख्य मुद्दा समृद्धि भएको धारणा व्यक्त गरे ।

‘अहिले जनताको जनवादी व्यवस्थामा छौँ, समाजवादमा जान जनवादी व्यवस्थाले लामो समय पार गर्नुपर्दछ’ उनले भने, ‘सुदृढ र स्वाधिन अर्थतन्त्रको विकास गरेर समाजवादमा जाने हाम्रो लक्ष्य छ ।’ 

मुख्यमन्त्री गुरुङले सरकारलाई काम गर्नका लागि अहिले ठूलो अवसर भएको बताउँदै इतिहास र जनताले कदर गर्ने गरी अर्को निर्वाचनमा यो भन्दा ठूलो स्केलमा विजयी हुनेगरी काम गर्न दृढतापूर्वक लाग्न कार्यकर्तालाई निर्देशन दिए । 

पार्टीका प्रदेश सह इन्चार्ज तथा सङ्घीय संसद्का सदस्य खगराज अधिकारीले केन्द्रमा गुटगत स्वार्थका कारणबाट पार्टीका तत्लो तहको एकीकरणमा ढिलाइ भएको भन्दै अब प्रदेशका गाउँपालिका, नगरपालिका र महानगरमा एकीकरण प्रक्रियाबाट अघि बढाइने बताए । 

प्रदेश कमिटिका अध्यक्ष हितराज पाण्डेले विगतमा नेकपा एमाले र माओवादी दुबैले फरक÷फरक तरिकाबाट सङ्घर्ष गरेको चर्चा गर्दै अब एकीकृृत भएको नेकपाले जनअपेक्षाअनुरुप काम गर्ने विश्वास व्यक्त गरे । 
जिल्ला पार्टी संयन्त्रका सदस्य दामोदर वैरागी तथा बखानसिंह गुरुङलगायतले अधिकारको आन्दोलनका लागि जनयुद्ध र जनआन्दोलनको महत्वपूर्ण भूमिका रेहको चर्चा गरे । 

उपसभामुखद्वारा सहयोग 

गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले आप्mनो जन्मोत्सवका अवसरमा पोखरा महानगरपालिका–१५ टुटुङगास्थित परोपकार महासङ्घलाई आर्थिक सहयोग प्रदान गरेका छन् । 

शिक्षा क्षेत्रको सहयोगार्थ स्व.आमा चन्द्रमाया पोखरेलको स्मरणमा महासङ्घका प्राचार्य राजु बडाललाई आज १५ हजार ५० रुपैया सहयोग हस्तान्तरण गरेका हुन् । 

महाङ्घले २०६६ सालदेखि उक्त स्थानमा कक्षा १० सम्म आवासीय गुरुकुल सञ्चालन गर्दै आएको छ ।  सो अवसरमा उनले महाङ्घले सामाजिक सेवाका क्षेत्रमा गर्दै आएको योगदान प्रशंसनीय भएको बताउँदै यसको विकासका लागि आफ्ना तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

महासङ्घका महासचिव विष्णुप्रसाद पौडेलका अनुसार गुरुकुल र बालआश्रममा हाल ४५ जना बटुक अध्ययन गर्दै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप