शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

थाइल्याण्डकी राजकुमारीद्धारा क्षमा याचना

बुधबार, ०१ फागुन २०७५, १६ : ३९
बुधबार, ०१ फागुन २०७५

बैङ्कक– थाइल्याण्डकी राजकुमारी उबोलरतनाले प्रधानमन्त्रीका लागि आफूले उम्मेदवारी घोषणा गर्नु गल्ती भएको भन्दै क्षमा याचना गरेकी छिन् । शाही परिवारको सदस्य रहेकै बेला ६७ वर्षीया उबोलरतनाले ‘थाई रक्षा चार्ट पार्टी’का तर्फबाट केही दिन अगाडी उम्मेदवारी घोषणा गरेकी थिइन् । 

उनको उम्मेदवारीका बारेमा उनका भाई तथा थाइल्याण्डका राजा माहा वाजिरालोङकोर्नले आपत्ति जनाएका थिए ।  आफ्नी ठूली दिदीले प्रधानमन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेको केही घण्टा नवित्दै राजाले राजपरिवारको सदस्य भएको व्यक्ति दलिय र सक्रिय राजनीतिमा संलग्न हुनु नमिल्ने धारणा राखेका थिए । 

राजपरिवारका सदस्यहरु राजनीतिमा सक्रिय हुनु संविधान, परम्परा, संस्कृति र संवैधानिक राजतन्त्रको मान्यता विपरित हुने राजाको भनाई थियो ।  राजाको आपत्तिपछि निर्वाचन आयोगले पनि उनलाई उम्मेदवार बन्न नमिल्ने भन्दै अयोग्य घोषणा गरेको थियो । 

पूर्वप्रधानमन्त्री थाक्सिन शिनावात्राको राजनीतिक प्रभावका कारण राजकुमारीले उम्मेदवारी घोषणा गरेको बताइएको छ ।  उनलाई सन् २००६ मा सैनिकले गरेको सत्ताविद्रोहबाट पदच्यूत गरिएको थियो । तर सन् २०१४ मा उनकी बहिनी यिङ्लकको सत्तामा पुनरागमन भएको थियो । 

अन्ततः उनलाई पनि भ्रष्टाचारको आरोपमा जेल सजाय दिएर सत्ताच्यूत गरिएको थियो । उनी अहिले निर्वासनमा छिन् भने देश बाहिरैबाट उनले थाई रक्षा चार्ट पार्टी संचालन गरिरहेकी छन् । 
थाइल्याण्डमा आउदो मार्च २४ का दिन हुने आम निर्वाचन हुन लागेको छ । –एएफपी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप