शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा प्रविण बस्नेत नियुक्त

बुधबार, ०१ फागुन २०७५, १७ : ३२
बुधबार, ०१ फागुन २०७५

काठमाडौं– कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा प्रविण बस्नेत नियुक्त भएका छन् ।

चार्टर्ड एकाउन्टेन्ट समेत रहेका बस्नेतलाई बैंककोे २६५ औं सञ्चालक समितिको बंैठकले नियुक्त गरेको हो । बस्नेतसँग १३ वर्ष विभिन्न वाणिज्य बैंकहरूको महत्वपूर्ण जिम्मेवारी सम्हालेको अनुभव छ । उनी ०७५ साल भदौ १ गते देखि कामना सेवा विकास बैंकमा नायव प्रमुख कार्यकारी अधिकृत पदमा प्रवेश गरेका थिए ।

२०७५ साल मंसिर ८ गते देखि कामु प्रमुख कार्यकारी अधिकृतको रूपमा बैंकलाई नेतृत्व दिँदै आएका बस्नेत यस अघि नविल बैंक, एनबी बैंक, एनआईसी एशिया बैंक र माछापुच्छेक बैंकमा आबद्ध रहेका थिए । बस्नेत बैंकिङ क्षेत्रमा नियन्त्रण सहितको व्यापार तीव्र अभिवृद्घि र उत्कृष्ट ग्राहक सेवाको सन्तुलन गर्दै नँया उचाईमा पु¥याउनु पर्छ भन्ने मान्यता राख्दछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप