बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

ह्वावे नोभा फोर सार्वजनिक, पिनहोल डिस्प्ले भएको विश्वकै पहिलो स्मार्टफोन

बुधबार, ०१ फागुन २०७५, १७ : ४६
बुधबार, ०१ फागुन २०७५

काठमाण्डौँ– नोभा सिरिजअन्तर्गतको पछिल्लो स्मार्टफोन नोभा फोर ह्वावे कम्पनीले नेपालमा सार्वजनिक गरेको छ । नोभा फोर पिनहोल डिस्प्ले भएको विश्वकै पहिलो स्मार्टफोन हो । नेपाली बजारमा यो स्मार्टफोनको मूल्य ६४,९०० रहेको छ । 

पछिल्ला आकर्षक डिजाइनहरू रूचाउने फेसनप्रेमी प्रयोगकर्ताहरूका लागि यो स्मार्टफोन बनाइएको हो । नोभा फोरमा पिनहोल डिस्प्ले राखेर ह्वावे यसअघि असम्भवप्रायः ठानिएको उपलब्धि हासिल गरेको छ ।नोभा फोरमा नयाँ पिनहोल डिस्प्लेले मोबाइल फोन डिस्प्लेलाई नै पूर्णरूपमा पुनः परिभाषित गर्दछ ।

पिनहोल डिस्प्ले भनेको स्क्रीनमा होल भएको डिस्प्ले हो । थ्र्रुहोल डिजाइन प्रयोग गर्नुको साटो यो स्मार्टफोनमा ब्लाइन्ड–भाया डिजाइन प्रयोग गरिएको छ । पिनहोल डिस्प्ले नै यो विधाकै पहिलो प्रकारको हो र यसको डायमिटर ४.५ एमएम हुनसक्नुको कारण ह्वावे इन्जिनियरिङको प्रयासहरू नै हो ।

ह्वावे नोभा फोरमा फ्रन्ट फेसिङ क्यामरा फोनको बाँयापट्टिको माथिल्लो भागमा रहेको छ । यो डिजाइनले केही फरक चाहिरहेको प्रयोगकर्ताको चाहना बारे मात्र नभई ह्वावे नोभाका प्रयोगकर्ताहरूले ह्वावेको नोभा सिरिजबाट के चाहिरहेका छन् भन्ने झल्काउँछ ।

क्यामरालाई बाँयापट्टिको माथिल्लो भागमा राखेर यो स्मार्टफोनमा त्यस्तो खालको क्यामरा प्रणाली जडान गरिएको छ जसले प्रयोगकर्ताहरूलाई स्मार्टफोन प्रयोगको सर्वोत्कृष्ट अनुभव प्रदान गर्ने कम्पनीको दावी छ ।

ह्वावेले फूल भ्यू डिस्प्लेको सबै रणनीति नै परिवर्तन गरेको छ । यसको अर्थ भनेको यो नयाँ स्मार्टफोनले पोपअप र स्लाइडिङ डिजाइनको समस्या समाधान गरेको छ । 

यस्ता छन् नोभा फोरका विशेषता

–एआई सुपर सेल्फीः नोभा फोरमा २५ एमपीको फ्रन्ट क्यामरा भएकाले यस स्मार्टफोनबाट खिचिने सेल्फीहरू एकदमै उत्कृष्ट हुनेछन् । फोटोहरू खिच्ने बेलामा एआई क्यामराले विभिन्न समूहका २०० भन्दा बढी सिनहरू पहिचान गर्दछ र हरेको सिनलाई प्रोफेसनल देखाउँछ ।

–२० एमपी अल्ट्रा वाइड–एंगल ट्रिपल क्यामरा सिस्टमः नोभा फोरको रियर क्यामरामा निम्न तीन प्रकारका सेन्सरहरू छन् ।

–२० एमपी आरजीबी कलर सेन्सर, एफ÷१.८ एपर्चर, ७८ डिग्री फिल्ड अफ भ्यू (एफओभी) छ ।

–१६ एमपी अल्ट्रावाइड–एंगल सेन्सर कलर एफ÷२.२ एपर्चर, ११७ डिग्री फिल्ड अफ भ्यू (एफओभी) रहेको छ ।

–२ एमपी ब्लरिङ लेन्स एफ÷२.४ एपर्चर, ७८ डिग्री फिल्ड अफ भ्यू (एफओभी) छ ।

–थ्रीडी कर्भड ग्लास डिजाइनः ह्वावे नोभा फोर आकर्षक रंगका छन् । साथै ६.४ इन्चको स्क्रीन छ ।

–इन्कमिङ कलका लागि भिडियो रिङटोन– ह्वावे नोभा फोरमा इन्कमिङ कलका मनपर्ने भिडियो डिफल्ट रिङटोन बनाएर राख्न सकिन्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप