बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल इन्फ्राष्ट्रक्चर बैंक केही दिनमै संचालनमा आउँदै, अध्यक्ष अनुज अग्रवालले लिए सपथ

बुधबार, ०१ फागुन २०७५, १८ : ३५
बुधबार, ०१ फागुन २०७५

काठमाडौं–यस नेपाल इन्फ्राष्ट्रक्चर बैंक लिमिटेडका अध्यक्ष अनुज अग्रवालले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीवि नेपालबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर द्वय चिन्तामणी सिवाकोटी, शिवराज श्रेष्ठ सहित उच्च पदस्थ अधिकारीहरुको उपस्थिती रहेको थियो ।

साथै इन्फ्रास्ट्रक्चर बैंकका संचालक चन्द्र प्रसाद ढकाल र नुमनाथ पौडैल एवं प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली र नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेको पनि उपस्थित थिए ।

बैंकले आफ्नो वित्तीय कारोबार संचालन गर्न आवश्यक सम्पूर्ण तयारी पुरा गरिसकेको हुँदा बैंक केही दिनमै संचालनमा आउने बैंकले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप