शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘फिङ्गर प्रिन्ट’ को सस्पेन्स ट्रेलर

बुधबार, ०१ फागुन २०७५, १८ : ४३
बुधबार, ०१ फागुन २०७५

काठमाडौं– नविन निरौंला निर्देशित फिल्म ‘फिङ्गर प्रिन्ट’ले सस्पेन्स थ्रिलर ट्रेलर सार्वजनिक गरेको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले प्रचारलाई तिब्रता दिन ट्रेलर ल्याएको हो । 

नविनकै लेखन र सम्पादन रहेको फिल्म १० फागुनबाट प्रदर्शनमा आउँदैछ । कामना फिल्मस्को ब्यानरमा अनिल श्रेष्ठ (रोमन) ले निर्माण गरेको फिल्ममा दीपक त्रिपाठी, सरिता लामिछाने, राज क्षितिज, रमेश बुढाथोकी, आयुष्मा कार्की, आनन्द पुन, शंकर आचार्य, अनुरुप पोखरेल, सुवास कार्की, जेसिका भुसाललगायतका कलाकारले अभिनय गरेका छन् । 

शंकर आचार्य र अनिल श्रेष्ठ सहनिर्माता रहेको फिल्म मेडिकल साइन्सको विषयमा निर्माण गरिएको निर्देशक निरौला बताउँछन् । 

फिल्ममा दयाराम पाण्डेको गीत, अर्जुन पोखरेलको संगीत र कविराज गहतराजको कोरियोग्राफी छ । सुमन तण्डुकार र राहुल राईले खिचेको फिल्ममा फिङ्गर प्रिन्टको दुरुपयोगले विश्वमा हुन सक्ने अपराधलगायतका बिषय प्रस्तुत गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप