पाल्पामा जनता बैंकको नयाँ एक्स्टेन्सन काउन्टर
काठमाडौं–जनता बैंक नेपाल लिमिटेडले आज पाल्पा जिल्लामा एकसाथ नयाँ एक्स्टेन्सन काउन्टरबाट कारोवार सुभारम्भ गरेको छ । साथै एक सिमित बैंकिङ इकाईलाई शाखामा रुपान्तरण गरिएको छ ।
पाल्पा जिल्ला रम्भा गाउँपालिका ३ खोक्खोलामा खोलिएको नयाँ एक्स्टेन्सन काउन्टरबाट बैंकिङ कारोवार सुरु गरिएको बैंकले जनाएको छ । सोही गाउँपालिकाको ताहुँमा रहेको ताँहु शाखा मातहत रहने यस एक्स्टेन्सन काउन्टरबाट रम्भा गाउँपालिकाको राजस्वको कारोवार हुने गरेको छ ।
सो क्षेत्रका उद्यमी, ब्यापारी तथा सर्वसाधारणहरुले समेत उक्त काउन्टरबाट बैंकिङ सेवा लिन सक्नेछन् । योसँगै बंैकको ७ ओटै प्रदेशको तराई, पहाडी र हिमाली जिल्ला समेत समेटीने गरी १२८ शाखा, ५० शाखा रहित बैकिग केन्द्र, ७९ एटीएम, १ सिमित्त बैंकिङ इकाई र ३ एक्स्टेनसन काउन्टर सञ्चालनमा रहेका छन् ।
बैंकले आगामी दिनमा आफ्नो शाखा संजाल बिस्तार गर्दै देश भरी नै शशक्त उपस्थिति जनाउने योजना रहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद