शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मेलम्ची ग्यारेन्टीको रकम फिर्ता गराउन बैंक अफ काठमाडौंको पहल

बुधबार, ०१ फागुन २०७५, १९ : ०७
बुधबार, ०१ फागुन २०७५

काठमाडौं–बैंक अफ काठमाडौंले मेलम्ची खानेपानी आयोजनाको काउन्टर ग्यारेन्टी भुक्तानी सम्बन्धी मुद्दाको सुनुवाईको लागि कानुनी परामर्शदाताहरुको एउटा टोली चाइना पठाएको छ । उक्त मुद्दाको सुनुवाई चीनको न्यायालयमा फागुन ३ गते अर्थात १५ फेबुउरी २०१९ हुने भएको छ ।

बैंकले मेलम्ची खानेपानी आयोजनाको तत्कालीन चिनियाँ ठेकेदार चाइना रेल्वे १५ ब्यूरो ग्रुपको चाइना कन्सट्रक्सन बैंक मार्फत काउन्टर ग्यारेन्टी प्राप्त गरी उक्त काउन्टर ग्यारेन्टीको सुरक्षणमा मेलम्ची खानेपानी आयोजनालाई ६६ लाख २० हजार अमेरिकी डलर तथा १४ लाख युरो बराबरको ग्यारेन्टी जारी गरेको थियो ।

तर मेलम्ची र चिनियाँ ठेकेदार कम्पनीबीच करार सम्झौता भंग भएकाले उक्त ठेकेदार कम्पनीले हालेको रिट निवेदनको आधारमा चीन स्थित न्यायालयले चाइना कन्सट्रक्सन बैंकलाई काउन्टर ग्यारेन्टीको भुक्तानी बैंक अफ काठमाडौंलाई दिन नपर्ने आदेश जारी गरेको थियो ।

अन्र्तराष्ट्रिय नियम र अभ्यास अनुसार चाइना कन्सट्रक्सन बैंकले बीओकेलाई जारी गरेको काउन्टर ग्यारेन्टी एउटा स्वतन्त्र र  शर्तहीन दायित्व हो जस अनुसार नेपालले उक्त ग्यारेन्टीको रकम काउन्टर ग्यारेन्टी सम्बन्धी आईसीसीको नियम र अभ्यास अन्र्तगत फिर्ता पाउने अधिकार राख्दछ ।

चीनस्थित अदालतबाट काउन्टर ग्यारेन्टीको भुक्तानी स्थगन गरिँदा यसबाट नेपालको सर्वसाधारणको निक्षेपमा क्षति पुगेको हुँदा यस मुद्दाप्रति नेपाल राष्ट्र बंैक तथा नेपाल सरकारको आवश्यक सहयोग र समन्वयबाट उक्त गुमेको रकम फिर्ता गर्ने प्रकृयाको सहजीकरण हुनेछ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप