बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

हिरो महिला गोल्डकप फुटबल: नेपालले इरानलाई ३–० ले हरायो

बुधबार, ०१ फागुन २०७५, १९ : २५
बुधबार, ०१ फागुन २०७५

काठमाडौं–  हिरो महिला गोल्डकप फुटबल प्रतियोगितामा नेपालले इरानलाई ३–० ले पराजित गरेको छ । भारतमा जारी सो प्रतियोगितामा फिफा बरियतामा आफु भन्दा ४८ औं स्थान माथि रहेको इरानलाई नेपालले हराएको हो । 
 
खेलमा सावित्रा भण्डारीको उत्कृष्ट प्रदर्शनसँगै नेपाली टोली इरानमाथि हावी भएको थियो । जितसँगै  नेपालको फाइनल प्रवेश सम्भावनाको ढोका खुलेको छ ।  नेपालका लागि भण्डारीले २ गोल गर्दा अनिता बस्नेतले एक गोल गरेकी थिइन् ।  खेलमा अग्रता भने अनिताले दिलाएकी  थिइन्। 

भारतको उडिसा स्थित कालिङ्गा रंगशालामा सम्पन्न खेलमा अनिताले ४१ औं मिनेटमा गोल गरेकी थिइन्। यस्तै सावित्राले ५९ औं र ८९ औं मिनेटमा गोल गर्न सफल भएकी थिइन् ।  जितसँगै नेपालले ३ खेलमा २ जित र १ हारसँगै ६ अंक जोडेको छ। नेपाल यसअघि पहिलो खेलमा म्यानमारसँग पराजित भएको थियो।

नेपालले फाइनल प्रवेश गर्न भारत र म्यानमार बीच हुने खेलको नतिजा कुर्नुपर्नेछ। यो प्रदर्शनले भने फाइनल प्रवेशका लागि सम्भावनाको ढोका खोलिदिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप