शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

युवकले १४ करोडको चिट्ठा जिते, आफन्तले नचिनुन् भनेर मास्क लगाएर पुरस्कार थापे

बिहीबार, ०२ फागुन २०७५, ११ : ३५
बिहीबार, ०२ फागुन २०७५

जमैकाका एक युवकले अमेरिकामा १० लाख पाउन्डको चिट्ठा जितेका छन् । यद्यपी, उनले चिट्ठा जितेको ५४ दिनपछि मात्र पुरस्कार थापेका छन् । उनी पुरस्कार थाप्न मास्क लगाएर पुगेका छन् ।

एक वेबसाइटका अनुसार युवकको नाम ए क्याम्पबेल हो । आफन्तले नचिनुन् भन्नका लागि उनले मास्क लगाउने निर्णय गरेको बताए ।

मास्क लगाएर नै खिचे फोटोः

क्याम्पबेलले इनाम लिएको तस्बिर आयोजकले सोसल मिडियामा पनि सेयर गरे । उनले उनलाई डरलाग्दो मास्क लगाएर डान्स गरेको र ठूलो चेकसहित घुमिरहेको देख्न सकिन्छ । क्याम्पबेलका अनुसार उनी आफ्ना लोभी आफन्तसँग पैसा बाँड्न चाहँदैनन् त्यसकारण मास्क लगाएरै पुरस्कार लिए, फोटो खिचाए ।

क्याम्पबेलले जुन मास्क लगाएका थिए त्यो हलिउड फिल्म ‘स्क्रिम’ बाट लोकप्रिय भएको थियो । अमेरिकामा यो मास्क ह्यालोविनको मौकामा पनि प्रयोग हुन्छ ।

पहिचान लुकाउनुको कारणः बढ्दो अपराध दर

क्यारेबियन देशमा साधारणतया मानिसहरु भेष बदलेर चिट्ठामा जितेको रकम लिन पुग्छन् । यसका कारण यी देशमा बढ्दो अपराध दर हो । मानिसहरुलाई लाग्छ कि पहिचान उजागर हुँदा उनीहरु र उनको परिवारलाई पैसाका लागि हत्या गरिने सम्भावना छ । गत वर्ष जूनमा पनि एक चिट्ठा बिजेता स्माइल इमोजी लगाएर इनाम रकम लिन पुगेका थिए । उनले १८ करोड जमैकन डलर जितेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप