शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

साराले किन छोडिन् आमाको घर ?

बिहीबार, ०२ फागुन २०७५, १३ : ३७
बिहीबार, ०२ फागुन २०७५

केदारनाथबाट बलिउड डेब्यू गर्ने नायिका सारा अली खान आफ्नी आमा अमृता सिंहसँग निकै नजिक छिन् । उनी आफ्नी आमासँगै बस्छिन् । अब नयाँ वर्षमा साराले नयाँ सुरुवात गरेकी छिन् । रिपोर्टका अनुसार उनले आफ्नी आमाको घर छोडेकी छिन् र आफ्नो अपार्टमेन्टमा बस्न थालेकी छिन् ।

साराले आफ्नो इन्स्टाग्राममा एउटा फोटो सेयर गरेकी छिन् । यो फोटोमा उनी प्याक गरिएका थुप्रै सामानसँगै देखिएकी छिन् । उनी निकै खुसी पनि देखिएकी छिन् । तस्बिर सेयर  गर्दै उनले लेखेकी छिन्, ‘अब नयाँ सुरुवात’ ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Here’s to new beginnings! 💘💝💞💖💗

A post shared by Sara Ali Khan (@saraalikhan95) on

स्मरण रहोस्, यसअघि साराको एउटा फोटो पनि चर्चित भएको थियो जसमा उनी गाडीमा सामान राखिरहेको देखिएकी थिइन् । त्यसपछि मानिसहरुले विभिन्न अड्कलबाजी गरेका थिए । अब साराले इन्स्टामा आफ्नो नयाँ सुरुवातको घोषणा पनि गरेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप