शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भक्तपुर जिल्ला प्रशासनका अधिकृत घुससहित अख्तियारको नियन्त्रणमा

बिहीबार, ०२ फागुन २०७५, १४ : २४
बिहीबार, ०२ फागुन २०७५

काठमाडौं– जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत कैलाश मातक्ष श्रेष्ठ २५ हजार घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई घुस रकमसहित नियन्त्रणमा लिएको अख्तियार प्रवक्ता (सह–सचिव) रामेश्वर दंगालले जानकारी दिए ।

भक्तपुरस्थित एक रेष्टुरेण्टले तिर्नुपर्ने बक्यौता ढिलो बुझाउने ब्यवस्था मिलाईदिने भन्दै श्रेष्ठले सेवाग्राहीसँग घुस रकम लिएको अख्तियारले जनाएको छ ।

उनीबारे थप अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता दंगालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप