शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चुनावी र्‍यालीमा भएको भागदौडपछि १५ जनाको मृत्यु

बिहीबार, ०२ फागुन २०७५, १५ : २९
बिहीबार, ०२ फागुन २०७५

अबुजा– नाइजेरियाको दक्षिणी क्षेत्रमा आयोजित चुनावी र्यालीमा भएको भागदौडमा परी परी १५ व्यक्तिको मृत्यु भएको छ ।  मंगलबार भएको घटनामा परी मृत्यु हुनेको संख्या बढ्दै गएर बुधबार सम्ममा १५ पुगेको अस्पताल स्रोतले जानकारी दिएको छ । 

घाइतेहरुलाई उपचारका लागि लगिएको पोर्ट हार्रकोर्ट शिक्षण अस्पतालका प्रवक्ता केम डानिएल इलेबिगाले  जारी गरेको वक्तव्यमा १५ जनाको मृत्यु भएको जानकारी दिइएको छ । मारिएका तीन जना पुरुष र १२ जना महिला रहेका पनि वक्तव्यमा जानकारी दिइएको छ । 

घटनामा परी घाइते भएका मध्ये १२ जनाको अस्पतालमा उपचार भइरहेको छ । तीन जनालाई भने उपचारपछि घर पठाइसकिएको अस्पतालले स्रोतले जानकारी दिएको छ । 

रिभर्स राज्यको राजधानी पोर्ट हारकोर्टमा रहेको रंगशालामा मंगलबार भएको चुनावी र्यालीमा भागदौड भएको थियो । सत्तारुढ दल ‘अल प्रोग्रेसिभ कङ्ग्रेस (एपीसी)’ का समर्थकहरुले राष्ट्रपति मोहम्मद बुहारीको समेत सहभागीतामा र्याली निकालेका थिए । -सिन्ह्वा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप