क्रिकेट र फुटबल खेलाडीलाई १ करोड ५६ लाख पुरस्कार दिने सरकारको निर्णय
बिहीबार, ०२ फागुन २०७५, १६ : ०३
काठमाडौं– सरकारले क्रिकेट र फुटबल खेलाडीलाई १ करोड ५६ लाख पुरस्कार दिने निर्णय गरेको छ । हालै बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको सुचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बस्कोटाले जानकारी दिए ।
बैठकले क्रिकेट खेलाडीलाई जनही ३ लाख र क्रिकेट प्रशिक्षक लाई ५ लाख रुपैयाँ दिने निर्णय समेत गरेको छ । त्यस्तै साफ फुटबल खेलाडीलाई जनही २ लाख र शारीरिक सुगठन प्रतियोगितामा विश्व च्याम्पियन बनेका महेश्वर महर्जनलाई ५ लाख पुरस्कार दिने निर्णय भएको मन्त्री बास्कोटाले जानकारी दिए ।
त्यसैगरी बैठकले नेपाल सरकार र संयुक्त राज्य अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) बीच सम्पन्न मिलेनियम च्यालेञ्ज क्म्प्याक्ट अनुमोदनका लागि संघीय संसदमा पेश गर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी