बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

हुन्डाईको नयाँ शोरुम नक्सालमा

बिहीबार, ०२ फागुन २०७५, १८ : ५१
बिहीबार, ०२ फागुन २०७५

काठमाडौं– हुन्डाई मोटरको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले काठमाडौंको नक्सालमा नयाँ शोरुम संचालनमा ल्याएको छ ।

नेपाली मार्केटमा बढ्दै गरेको हुन्डाईको माग पूर्ती गर्नुको साथै प्रिमियम विक्री सेवा प्रदान गर्नु सो डिस्प्ले शोरुम स्थापना गर्नुको मुख्य उद्देश्य भएको कम्पनीले जनाएको छ ।

नेपालका लागि द रिपब्लिक अफ कोरियाका महामहिम राजदूत पार्क योङ्ग–सिक, हुन्डाई मोटर कम्पनी एसिया हेडक्वार्टर प्रमुख योङ्ग सुक ली तथा लक्ष्मी ग्रुपका अध्यक्ष गणेश बहादुर श्रेष्ठद्वारा उक्त शोरुमको संयुक्त रुपमा उद्घाटन भएको छ ।

हुन्डाईको नेपालका लागि यो चौंथो विक्री नेटवर्क हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप