माछापुच्छ्रे बैंकका थप ५ शाखा रहित बैकिङ्ग सेवा संचालनमा
काठमाडौं– माछापुच्छ्रे बैंक लिमिटेडले चितवन, तनहुँ, लमजुङ, बागलुङ र काठमाडौंमा ५ शाखा रहित बैकिङ्ग सेवा एकैपटक संचालनमा ल्याएको छ ।
बैंकले चितवनको इच्छाकामना गाउँपालिका (मुग्लिङ्ग) स्थित फिस्लिङमा, तनहुँको म्याग्दी गाउँपालिका स्थित तार्पुमा, लमजुङको मध्यनेपाल नगरपालिका स्थित दुइपिप्लेमा, बागलुङको काठेखोला गाउँपालिका स्थित रेशामा र काठमाडौंको कीर्तिपुर नगरपालिका स्थित भत्केपाटी, पिपलबोटमा शाखा रहित बैकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।
बैकिङ्ग पहुँचदेखि टाढा रहेका ग्रामीण भेगमा बैंकले आफ्ना ग्राहक सेवा केन्द्रहरु मार्फत अत्याधुनिक बैकिङ्ग सेवा पुर्याइरहेको छ । यो सहित माछापुच्छ्रे बैंक लिमिटेडको हालसम्म ६१ शाखा रहित बैकिङ्ग सेवा सुचारु भईसकेको बंैकले जनाएको छ ।
ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भूतmानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा