शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सन्दीपको टोली मेलबर्न हुरिकेन्सलाई हराउँदै फाइनलमा

बिहीबार, ०२ फागुन २०७५, २० : ०७
बिहीबार, ०२ फागुन २०७५

काठमाडौं । नेपालका लेग स्पिनर सन्दीप लामिछाने रहेको मेलबर्न स्टार्स अष्ट्रेलियामा जारी बिग बास लिग टी–२० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहिबार भएको सेमिफाइनलमा होबर्ट हुरिकेन्सलाई ६ विकेटले हराउँदै मेलबर्न फाइनलमा पुगेको हो । 

होबर्टमा घरेलु टोलीले दिएको एक सय ५४ रनको लक्ष्य मेलबर्नले १८.५ ओभरमा ७चार विकेटको क्षतिमा पूरा गरेको थियो । मेलबर्नका लागि कप्तान ग्लेन म्याक्सवेलले अविजित ४३ रन बनाए । 

पिटर ह्याण्ड्सकम्बले ३५, सेब कोट्च अविजित ३३, निक म्याडिस्सन र मार्कस स्टोइनिसले समान १८–१८ रन बनाए । होबर्टका कुईस अहमेदले तीन र ज्याफ्रा आर्चरले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको होबर्टले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक ५३ रन बनाएको थियो । होबर्टका लागि बेन म्याकडर्ममोटले सर्वाधिक ५३ रन बनाए । जर्ज बेलीले ३७ र माथ्यु सर्टले ३५ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो रन जोड्न सकेनन् । 

बलिङमा मेलबर्नका ड्यानिएल वारेलले चार तथा एडम जाम्पा र ड्यान ब्राभोले एक एक विकेट लिए । नेपालका सन्दीप विकेट विहीन बने । चार ओचर पूरै बलिङ गरेका सन्दीपले  ३१ रन खर्चिएका थिए । अब मेलबर्नले उपाधिका लागि सिड्नी सिक्सर्स र मेलबर्न रेनेगाड्सबीचको विजेतासँग खेल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप