शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

समलिंगीहरुले १४ फेब्रुअरीलाई यसरी मनाए

बिहीबार, ०२ फागुन २०७५, २० : ०९
बिहीबार, ०२ फागुन २०७५

काठमाडौं– १४ फेब्रुअरीलाई महिला माथि हुने हिंसाको बिरुद्ध आवाज उठाउँदै विश्वभर ‘वन बिलियन राईजिङ’ दिनको रुपमा मनाइएको छ ।

हरेक वर्ष प्रेम दिवसको दिन अथवा १४ फेब्रुअरीमा महिला हिंसाको बिरुद्ध विश्व भरीनै ‘वन बिलियन राईजिङ’ अर्थात ‘उर्लदो सय करोड’ दिनको रुपमा मनाइँदै आइरहेको छ । 

समलिंगीहरुको संस्था मितिनी नेपालले सधैं जस्तो यो वर्ष पनि काठमाडौंमा र्याली सहितको कार्यक्रमको आयोजना गर्यो । नेपालले बिहान १० बजे रत्नपार्क शान्तीबाटिकाबाट माईतीघर मण्डलासम्म ¥याली निकालेको थियो ।  कार्यक्रममा झण्डै ५ सय जना समलिंगीहरु र अन्य विभिन्न संघ संस्थाहरुका प्रतिनिधीहरुको सहभागीता रहेको थियो । 

यस बर्ष मितिनी नेपालले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको आवाजलाई प्रतिनिधित्व गरेर समलिंगी महिलामाथि हुने हिंसालाई उजागर गर्दै सडक नाटकको आयोजना गर्यो । कार्यक्रममा समलिंगी महिलाहरुले सामुहिक नृत्य पनि प्रस्तुत गरे । 

कार्यक्रममा मितिनी नेपालका अध्यक्ष लक्ष्मी घलानले महिला त्यसमाथि पनि  यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका महिलाहरु अझै बिभेदमा रहेको बताए । उनले आफ्नो समुदायको आवाजलाई सरकारले बेवास्ता गरेमा आफ्नो समुदाय चुप लागेर नवस्ने चेतावनी दिए ।

२००५ देखि यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको पक्षमा काम गर्दै आएको यस संस्थाले समलिंगी, ट्रान्सजेन्डर पुरुष, उभयलिङ्गी र कुईयर महिलाहरुको लागी आवाज उठाउँदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप