शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आतंकवादी हमलालगत्तै प्रधानमन्त्री ओलीले गरे समकक्षी मोदीलाई फोन

बिहीबार, ०२ फागुन २०७५, २२ : ३०
बिहीबार, ०२ फागुन २०७५

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई टेलिफोन गरेका छन् । काश्मिरमा ४२ जना भारतीय सुरक्षाकर्मीको हत्या गरेलगत्तै ओलीले मोदीलाई टेलिफोन गरेका हुन् । 

मोदीसँगको फोनवार्ताका क्रममा ओलीले आतंकवादी हमलामा मारिएका जवानहरुप्रति श्रद्धाञ्जली तथा घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । 

फोनवार्ताको क्रममा प्रम ओलीले मोदीलाई यो संकटको घडीमा आफू र नेपाल भारतको साथमा रहेको बताएका प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ । 

बिहीबार दिउँसो तीन बजे जैसएमोहम्म आतंकवादी समूहले पुलवालामा गरेको हमलामा केन्द्रीय रिजर्भ पुलिस फोर्सका ४२ जना जवानको हत्या भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप