शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भन्सार छली गर्ने अधिकृतसहित आठविरुद्ध साढे ७ कराेडकाे मुद्दा

शुक्रबार, ०३ फागुन २०७५, ०७ : ३५
शुक्रबार, ०३ फागुन २०७५

काठमाडौं - न्यून बिजीकरण गरी भन्सार छली गरेको आरोपमा कर्मचारीसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रसुवा भन्सार कार्यालयका तत्कालीन अधिकृत पवित्रकुमार खड्का र नायब सुब्बा धीरजकुमार थापासहित आठ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो । उनीहरूविरुद्धको मुद्दामा सात करोड ५९ लाख ६३ हजार एक सय ९० रुपैयाँ बिगो दाबी गरिएको छ । 

मितेरी इन्टरनेसनलका सञ्चालक सुमन श्रेष्ठ, कर्मचारी रञ्जन त्रिपाठी, लाङटाङ ट्रेड कन्सर्नका प्रोपाइटर धनबहादुर तामाङ र न्यून बिजीकरणमा संलग्न आकाश श्रेष्ठ, निरञ्जन त्रिपाठी र डम्बरबहादुर श्रेष्ठलाई पनि विपक्षी बनाइएको छ । उनीहरूविरुद्ध गत २४ मंसिर राजस्व अनुसन्धान विभागले जिल्ला अदालतमा राजस्व छली मुद्दा दायर गरेको थियो । विभागकै अनुसन्धान प्रतिवेदनका आधारमा थप छानबिन गरी आयोगले मुद्दा दायर गरेको हो । कर्मचारी र व्यवसायी मिलेर राज्यलाई घाटा हुने काम गरेकाले भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । 

भन्सार कार्यालयका कर्मचारीसँग मिलेर न्यून मूल्यांकन गरी एडिडास ब्रान्डका कपडालाई बच्चाको कपडा भनेर मूल्यांकन गरिएको थियो । गत भदौमा विभागले कपडाका ट्रक नियन्त्रणमा लिएर अनुसन्धान गरी कर्मचारीविरुद्ध मुद्दा दायर गरेको थियो । याे समाचार नयाँ पत्रिकामा प्रकाशित छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप