शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विदेशबाट ल्याएको सामान विमानस्थलमा जफत गरिएको सम्बन्धमा एनआरएनएको ध्यानाकर्षण

शुक्रबार, ०३ फागुन २०७५, ०८ : ५०
शुक्रबार, ०३ फागुन २०७५

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले विश्वका विभिन्न देशमा श्रम गरेर कमाएको रकमबाट वैदेशिक रोजगारीबाट घर फर्कने क्रममा नेपालीहरुले खरिद गरेर ल्याएका व्यक्तिगत प्रयोजन तथा उपहारका जिन्सी सामानहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जफत गरिएको सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको छ । 

संघका प्रवक्ता भूषण घिमिरेले बिहिवार बिज्ञप्तिजारी गर्दै  लाखौं नेपालीले रगत पसिना बगाई कमाएर खरिद गरेका सामान तथा उपहारहरु जफत गर्दा सम्बन्धित व्यक्तिको आर्थिक क्षति हुने मात्रै नभई भावनामा पनि ठेस पुगेको जनाएका छन् ।
 
विज्ञप्तिमा भनिएको छ, ‘लाखौं नेपालीले रगत पसिना बगाई कमाएर खरिद गरेका सामान तथा उपहारहरु जफत गर्दा सम्बन्धित व्यक्तिको आर्थिक क्षति हुने मात्रै नभई भावनामा पनि ठेस पुगेको छ । रेमिट्यान्स मार्फत मुलुक कै अर्थतन्त्रमा योगदान दिइरहेका श्रमजीवी नेपालीहरुले घरयासी प्रयोगका लागि ल्याउने सामान समेत जफत गरेर आर्थिक र मानसिक यातनाको अनुभव गरिरहनु पर्ने अवस्थाले नेपालको सरकार, विमानस्थलका सम्बन्धित निकाय र त्यहाँ कार्यरत कर्मचारीहरुप्रति समेत नकारात्मक भावना उत्पन्न गरेको हामीले महशुश गरेको छौँ ।’

 झिटीगुन्टा सम्बन्धमा बनेको नियमलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार समय सापेक्ष बनाउनु पर्ने तथा नयाँ नियम लागू गर्नुभन्दा कम्तिमा ६ महिना अगावै सार्वजनिक रुपमा सूचना दिई कष्टमुक्त बनाउन प्रयास गर्नुपर्ने तथा जानअनजान तोकिएको हदसम्मका व्यक्तिगत प्रयोजन एवं परिवारका लागि ल्याइएका सामाग्री बिना झन्झट बिमानस्थलबाट पास गराउने व्यवस्था गर्न र कथमकदाचित तोकिएको भन्दा बढी सामान ल्याएको पाएमा जफत गर्नुको सट्टा सहज रुपमा भन्सार तिरेर छुटाउन पाउने गरी व्यवस्था मिलाउन एनआरएनले सुभाव दिएको छ । 

तोकिएको नियम कानून आवासीय तथा गैरआवासीय हामी सबैले पालना गर्नुपर्छ भन्नेमा दुइमत छैन तर अहिले सम्म कार्यान्वयनमा नरहेको नियम एकैचोटी कडाइका साथ लागू गर्दा प्रवासबाट स्वदेश फर्कने नेपालीहरुले पूर्वसूचना नपाएका कारण नै दुखकष्ट र क्षति ब्यहोर्नु परेको यथार्थता बुझिदिएर तत्काल सोही अनुसार कार्यगरिदिन सरकार र सम्बन्धित निकाय समक्ष गैरआवासीय नेपाली संघ अनुरोध समेत बिज्ञप्तिमा गरीएको  छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप