मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

सलमानको फिल्म ‘भारत’ को लागि १० करोडको सेट

शुक्रबार, ०३ फागुन २०७५, १० : ४३
शुक्रबार, ०३ फागुन २०७५

मुम्बई – बलिउडका दबंग स्टार सलमान खानको नयाँ फिल्मको लागि १० करोडको सेट तयार पारिएको छ । उनको फिल्म ‘भारत’को क्लाईमेक्स सिनको लागि उक्त सेट तयार पारिएको हो ।

कोरियन फिल्म ‘ओड टु माइ फादर’ हिन्दी रिमेक फिल्म ‘भारत’ मा सलमान खान, कैटरीना कैफ र दिशा पटानी मुख्य भूमिकामा रहेका छन् । 

फिल्मलाई निर्देशक अली अब्बास जफरले निर्देशन गरिरहेका छन् । फिल्ममा सलमान खानका पाँच फरकफरक अवतार देख्न सकिन्छ । पाँच थरी अवतार तयार पार्नुपर्ने र फिल्मको क्लाईमेक्सको सुटिङको लागि मुम्बईस्थित फिल्म सिटीमा १० करोडको सुटिङ सेट तयार पारेको स्रोतले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप