अर्जुन रामपालले तिर्न सकेनन् एक करोड, अदालतमा मुद्धा दायर
मुम्बई – बलिउड अभिनेता अर्जुन रामपाललाई एक करोड हिनामिना गरेको आरोप लागेको छ । उनले इन्टरटेन्टमेन्ट कम्पनीसँग ऋण लिएको एक करोड भारतीय रुपैयाँ नतिरेका हुन् ।
गत मंगलबार उनीविरुद्ध हाईकोर्टमा एक करोड ५० लाख भारतीय रुपियाँ नतिरेको कमर्शियल मुद्धा दायर भएको छ ।
सुत्रको अनुसार सन् २०१८ मा वाईटी कम्पनीसँग व्याजमा एक करोड भारतीय रुपैयाँ लिएका थिए । उनले ९० दिन भित्रमा १२ प्रतिशत ब्याजसहित ऋण चुक्ता गर्ने शर्तमा पैसा लिएको भएपनि पैसा फिर्ता नगरेपछि उनी विरुद्ध उजूरी परेको छ ।
रामपालले भने आफूले लिएको ऋण चुक्ता गरिसकेको बताएका छन् । यसको बाबजुद पनि कम्पनीले उनी विरुद्ध मुद्दा दायर गरेको छ । यद्यपि रामपालले अदालतमा पैसा तिरेको सावित गरेरै छाड्ने बताए ।
वाईटी इन्टरटेन्टमेन्टले अभिनेता रामपालले केही समय पछिको चेक दिएका भएपनि उनले दिएको चेक सन् २०१८ अगस्ट २३ मा बाउन्स भएको आरोप लगाएको छ ।
मिडिया रिपोर्टको अनुसार सन् २०१८ अक्टोबर ८ मा रामपाललाई निगोशिएबल इन्स्ट्रुमेन्ट एक्ट १८१८ को धारा १३८ अनुसार कानुनी सूचना पठाइएको थियो । सूचनामा १४ दिनभित्र पैसा ब्याजसहित फिर्ता गर्न भनिए पनि उनले पैसा फिर्ता गर्न सकेका थिएनन् ।
त्यसपछि उक्त कम्पनीले रामपालको विरुद्ध अक्टोबर २९ मा अन्धेरी मेट्रोपोलिटन अदालतमा उजूरी दर्ता गराएको थियो । रामपालले उक्त उजूरीपछि नोबेम्बर २२ मा ७.५ लाख भारतीय रुपैयाँ बुझाएका थिए । तर पूरा ऋण बुझाउन सकेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा