शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सारेगमपामा आयुषको दमदार प्रस्तुती, शीर्ष १५ का लागि भिड्दै

शुक्रबार, ०३ फागुन २०७५, १२ : ४३
शुक्रबार, ०३ फागुन २०७५

काठमाडौं– भारतको चर्चित टेलिभिजन शो सारेगमपा लिटिल च्याम्पमा नेपाली १२ बर्षका आयुष केसीले दमदार प्रस्तुती दिएका छन् ।

आयुष भोली शीर्ष १५का लागि भिड्दै छन् । सिन्धुपाल्चोक घर भई हाल भक्तपुरको मोर्डन बोर्डिङ स्कुल कक्षा ७ मा पढ्ने आयुषको पुरा भारत र नेपाल सहित विश्वभरि नै चर्चा  भइरहेको छ । अहिले जी टिभीले रिलिज गरेको प्रोमो र आयुषको प्रस्तुति सामाजिक सन्जाल र डिजिटल मिडियामा भाईरल भएको छ ।   

नेपालमै २ बर्ष अगाडि प्रशारण भएको पहिलो राष्ट्रव्यापी बालगायन कार्यक्रम ‘सुरशाला जुनियर आइडल’मा प्रथम भएका आयुषको पहिलो प्रस्तुति भोली शनिबार प्रसारण हुँदैछ । 

सानैबाट संगीतमा रुचि राख्ने आयुष तीन वर्षको उमेरदेखि गीत गाउँन थालेको आयुषका बुवा रामकृष्ण केसीले  बताए । उनले संगीत सिक्न थालेको ५ वर्ष भयो । आयुषले सुरशाला म्यूजिक एकेडेमीमा गायक तथा संगीतकार अमृत क्षेत्रीसंग संगीतको प्रशिक्षण लिई रहेका छन् ।  

सारेगमपामा रियालिटी कार्यक्रममा अर्का नेपाली बालप्रतिभा प्रितम आचार्य पनि शीर्ष १५मा छनौट भईसकेका छन् । सारेगमपाले पहिलो चरणमा सुरशाला म्यूजिक एकेडेमी मार्फत भिडियोबाट अडिसन लिएको थियो ।

सुरशाला म्यूजिक एकेडेमीका कार्यकारी अध्यक्ष तथा गायक अमृत क्षेत्रीका अनुसार ३ वटा भिडियो पठाइसकेपछि उनीहरुलाई सिधै ‘लेभल टू’ को लागि दिल्ली बोलाइएको थियो । दिल्लीमा अडिसन दिन आयुष र प्रितमसँगै अरु ८ जना नेपाली बालबालिका पनि गएका थिए ।

‘लेभल टु’मा सेलेक्ट भएका आयुष र प्रितम स्टुडियो राउन्डको लागि मुम्बई गए । त्यसपछि ‘कलिङ्ग राउण्ड’ र ‘मेगा अडिसन’मा छानिएर टप ३० मा पुगेका थिए ।

https://www.facebook.com/ZeeTvIndia/videos/616809155428576/

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप