इरान आक्रमणको राष्ट्रसंघ सुरक्षा परिषदद्वारा निन्दा
संयुक्त राष्ट्रसंघ– इरानको दक्षिणपश्चिमी प्रान्त सिस्तान र बलुचेस्तानमा गत बुधबाार भएको घृषित र कायरतापूर्ण आत्मघाती आक्रमणको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले कडा शब्दमा निन्दा गरेको छ । यस आक्रमणमा परी कम्तीमा २७ व्यक्तिको मृत्यु हुनको साथै अन्य १३ जना घाइते भएका छन् ।
परिषदका सदस्य राष्ट्रहरुले यस आक्रमणमा ज्यान गुमाएका परिवारका सदस्यहरु र इरान सरकारप्रति सहानुभूति र समवेदना व्यक्त गरेका छन् । यस आक्रमणमा घाइते भएका व्यक्तिहरुको सिघ्र स्वास्थ्य लाभको पनि परिषदका सदस्यहरुले कामना गरेका छ ।
सवै रुपका आतङ्कवादले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको लागि चेतावनी दिने परिषदका सदस्य राष्ट्रहरुले पुष्टि गरेका छन् । इरान इस्लामिक रेभोलुसनरी गार्ड कोर (आइआरजिसी) लक्षित बुधबार यस आत्मघाती आक्रमण भएको थियो ।
इरानी विदेश मन्त्री बदलाको भावनाले विद्रोहीसमूहले यो आक्रमण गरेको बिहीबार बताएका छन् । पाकिस्तानआवद्ध जैस अलआदी सुनी विद्रोही समूहले यस आक्रमणको जिम्मेवारी लिएको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्योगी व्यवसायीहरूले अर्थतन्त्र सकारात्मक छ भन्ने सन्देश दिन जरुरी छ : अध्यक्ष ढकाल
-
राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण
-
ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा शिक्षकको मृत्यु
-
अर्बौं रकम लगानी गरेका मेडिकल कलेज सञ्चालक यसकारण २०८५ साल पर्खिन बाध्य
-
राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा स्वीकृत
-
दीपक खड्का जोडिएको प्रकरणमा स्काउटले पठायो मन्त्रालयलाई जवाफ