शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आईतबारदेखि राजीनामा या सेवा बहिष्कार दुईमा एक हुन्छ : सरकारी चिकित्सक

शुक्रबार, ०३ फागुन २०७५, १६ : २७
शुक्रबार, ०३ फागुन २०७५

काठमाडौँ– कर्मचारी समायोजन अध्यादेश चिकित्सक अनुकूल नभएको भन्दै पटक—पटक शान्तिपूर्ण आन्दोलन गर्दा सरकारले बेवास्ता गरेको भन्दै आईतबारदेखि आन्दोलनको स्वरुप फेरिने सरकारी चिकित्सक संघले जनाएको छ । 

शान्तिपूर्ण आन्दोलन गर्दा सरकारले माग सम्बोधनको बेवास्ता गरेपछि आईतबारदेखि ओपिडी सेवा बहिस्कार गर्ने या सामुहिक राजीनामा दिने दुईमा एक हुने संघका केन्द्रीय अध्यक्ष डा.दिपेन्द्र पाण्डेले रातोपाटीलाई बताए । 

कर्मचारी समायोजन अध्यादेश चिकित्सक अनुकूल नभएको भन्दै चिकित्सकहरुले गएको आईतबार माघ २७ देखि दोस्रो चरणको आन्दोलनको कार्यक्रम सुरु गरेका थिए । दोस्रो पटकको शान्तिपूर्ण धर्ना सुरु गरेको आज शुक्रबार ६ दिन बितिसक्दा पनि सरकारले चिकित्सकको मागलाई बेवास्ता गरेको कारण अब कडा आन्दोलनमा जाने सरकारी चिकित्सक संघको भनाई छ ।

रातोपाटीसँग कुरा गर्दै अध्यक्ष पाण्डले भने, ‘शान्तिपूर्ण रुपमा स्वास्थ्य सेवामा पनि समस्या नआउने गरी आफ्नो माग राख्दा सरकारले बेवास्ता गर्यो, गएको पुषमा २९ गते मन्त्रालय र संघबीच गठन भएको समितिले पनि काम अगाडि बढाउन सकेन, अब हामी निणार्यक आन्दोलन सुरु गर्ने तयारीमा छौँ । आज राष्ट्रिय ट्रमा सेन्टरमा बोलाइएको चिकित्सकहरुको भेलाले नयाँ आन्दोलनको निणर्य गर्ने र भोली केन्द्रीय कार्यालयको बैठकले राजीनामा र सेवा बहिस्कार दुईमा एक निर्णय सार्वजिनक गर्ने अध्यक्ष पाण्डेले बताए । 

राज्यमन्त्री यादव 
चिकित्सकको आन्दोलनको विषयमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीले तत्कालको लागि कर्मचारीलाई मन्त्रालयमा पुनः दरबन्दीमा राख्ने निकास निकालेको बताएका छन् । तर स्थायी निकास भने होइन । स्वास्थ्य मन्त्रालय हाल  १६ वटा अस्पताल केन्द्रमा राख्ने र केन्द्रमा लिएको कर्मचारीहरुलाई व्यवस्थापन गर्ने तयारीमा मन्त्रालय लागेको मन्त्री यादवले रातोपाटीलाई बताए ।

विस्तारै चिकित्सकको माग सम्बोधन हुने तर चिकित्ससकले भनेको जस्तो तत्कालनै हुनको लागि संविधान संशोधनको विकल्प नरहेको मन्त्रीले बताए । चिकित्सकको माग जायज नाजायज भन्नु भन्दा पनि अहिले सम्म सबै कर्मचारी केन्द्र शासनमा बसेको हुँदा चिकित्सकले असहमति जनाएको हो राज्यमन्त्री यादवले रातोपाटीसँग कुरा गर्दै भने । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप