शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘क्याप्टेन’को गीत:  निरुता र भुवनलाई ‘रहर छ सँगै’ जिउने

शुक्रबार, ०३ फागुन २०७५, १७ : ५१
शुक्रबार, ०३ फागुन २०७५

काठमाडौं –अनमोल केसी अभिनित फिल्म ‘क्याप्टेन’को दोस्रो गीत ‘रहर छ सँगै’ सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रम गर्दै निर्माण युनिटले फिल्मको गीत सार्वजनिक गरेको हो । 

रोमान्टिक शैलीको यो गीतमा अभिनेता भुवन केसी र अभिनेत्री निरुता सिंहले नृत्य गरेका छन् । अभिनेता अनमोल केसी पनि गीतमा देखिएका छन् । रेनशा वान्तवा राईको कोरियोग्राफी रहेको गीत मेलिना राई र एसडी योगीले गाएका हुन् । 

एसडी योगी र सुशान्त गौतमको संगीत रहेको गीतका हर्क साउद र मनिष ढकालको् शब्द छ । गीत सार्वजनिक कार्यक्रममा एन्फाका पदाधिकारीहरुको समेत उपस्थिति थियो । फिल्मले फुटबल खेलको प्रबद्र्धनमा योगदान पर्याएको भन्दै मार्केटिङमा सहयोग गर्ने राष्ट्रिय फुटबल टिमका क्याप्टेन विराज महर्जनले बताए ।

अभिनेत्री निरुताले २५ वर्षपछि भुवनसँग काम गर्दाको अनुभव शेयर गरिन् ।  १७ फागुन प्रदर्शन मिति तोकिएको यो फिल्म ‘क्याप्टेन’ मा अनमोलसँगै उपासनासिंह ठकुरी, प्रियंका एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सन विक्रम राईलगायतको पनि अभिनय छ । 

दिवाकर भट्टराईको निर्देशन रहेको फिल्मको निर्माता भुवन केसी हुन्, भने कथा सामिप्यराज तिमल्सिनाको रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप