बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

शिवम् सिमेन्टको आइपिओ फागुन ६ गतेदेखि, न्यूनतम ५० कित्ता देखि आवेदन दिन सकिने

शुक्रबार, ०३ फागुन २०७५, १९ : ०४
शुक्रबार, ०३ फागुन २०७५

काठमाडौं–शिवम् सिमेन्टले फागुन ६ गतेदेखि प्राथमिक शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले प्रभावित सहित सर्वसाधारणको लागि शेयर निष्काशन गर्न लागिएको जनाएको हो ।

कम्पनीले यस अगाडि निर्धारण गरेको प्रिमियम मूल्य घटाएको छ । शिवम्ले सर्वसाधारणका लागि प्रति शेयर ३ सयका दरले ४१ लाख २० हजार कित्ता र आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि प्रति शेयर २ सयका दरले ५ लाख ७९ हजार ६ सय ८० कित्ता शेयर निष्काशन गर्ने जनाएको छ ।

आयोजना प्रभावित क्षेत्रमा शेयर निष्काशन गर्दा पूर्ण आवेदन नपरेपछि प्रिमियम मूल्य घटाएर शेयर निष्काशन गर्न लागिएको कम्पनीले बताएको छ । जसअनुसार आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि प्रति शेयर १ सय रुपैयाँमा १सय रुपैयाँ प्रिमियम सहित २ सय रुपैयाँ र सर्वसाधारणको लागि प्रति शेयर १सय रुपैयाँमा २ सय रुपैयाँ प्रिमियम सहित ३ सय रुपैयाँमा शेयर निष्काशन गर्नेछ ।  

कम्पनीले सि आस्वा सदस्य बैंक तथा वित्तीय संस्था मार्फत तथा मेरो शेयर प्रयोग गरेर समेत आवेदन दिन सकिने जनाएको छ । कम्पनीले छिटोमा फागुन ६ गतेदेखि ढिलोमा चैत्र ५ गतेसम्म आइपिओ निष्काशन गर्ने जनाएको छ ।

आइपिओ निष्काशनको प्रकृयाले गर्दा गत वर्षको साधारणसभा गर्न नसकेको कम्पनीले जनाएको छ । प्राथमिक शेयर निष्काशन भएसँगै कम्पनीले साधारणसभाबाट प्राथमिक शेयर धनीहरुलाई समेत १० प्रतिशत भन्दा धेरै नगद लाभांस दिने योजना बनाएको छ ।

गत आर्थिक वर्षमा १ अर्ब १४ करोड रुपैयाँ नाफा गरेको कम्पनीको प्राथमिक शेयर निष्काशन अगाडिको चुक्ता पूँजी ३ अर्ब ८२ करोड रुपैयाँ छ  । त्यसैगरी जगेडा कोष ९७ लाख ९८ हजार रुपैयाँ ऋणात्मक छ । यस आधारमा कम्पनीको प्रतिशेयर आम्दानी २९ रुपैयाँ रहेको छ । 

सबैभन्दा ठूलो सिमेन्ट उद्योग होङ्सीमा २६.४ प्रतिशत लगानी गरेको शिवमले होङ्सीको आम्दानी आउन थालेपछि भने प्रतिशेयर आम्दानीमा सुधार हुँदै जाने जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप